पहिरोको उच्च जोखिममा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ जगडोल (पारीगाउ)
कपन अनलाइन
काठमाडौं जेठ ३२ । बर्षा याम शुरु भए संगै ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलको ग्रामिण बस्ति जगडोलको पारि गाउ पनि पहिरोको जोखिम बढेको छकमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना लगायतको कारण यतिखेर उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेको हो। केहि दिन अघि परेको अविरल बर्षको कारण यतिखेर उक्त क्षेत्र पहिरोको जोखिममा रहे संगै सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् । चाडो भन्दा चाडो उक्त क्षेत्रमा पहिरो रोकथामका उपायहरु अबलम्बन नगरिए पहिरोले घर नै लाने देखिन्छ।
वडा सदस्य समेत रहेकी राम माया विश्वकर्मा घरपनि यति खेर पहिरोको उच्च जोखिममा रहेको छ ।उच्च जोखिममा रहेको सो क्षेत्रमा पहिरोका कारण हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि स्थानीय सरकारले आवश्यक पहलकदमी लिएर समस्या समाधानको लागि उपायहरु आवलम्बन गर्नु पर्ने देखिन्छ ।