भारतले वार्तामा बसेर नेपालको कुरा सुन्नुपर्छ : डा. राजन भट्टराई

भारतले वार्तामा बसेर नेपालको कुरा सुन्नुपर्छ : डा. राजन भट्टराई

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ३२।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा . राजन भट्टराईले नेपालको जनस्तर र राजनीतिक एकतालाई भारतले गम्भीर रुपमा लिनुपर्ने  बताएका छन।

अतिक्रमण  गरिएको नेपालको भुमि भारतले फिर्ता गर्नेपर्ने बताउदै डा .राजन भट्टराईले अव भारतले नेपालको कुरा टेवलमा बसेर सुन्नुपर्ने भन्त्योदै त्यो सुनिने विस्वास व्यक्त गरेका छन।

नेपाली बहस रेडियो कार्यक्रममा पत्रकार ऋषि धमला संग कुरा गर्दै डा. भट्टराईले सुगौली सन्धि अनुसारको भूभाग  नेपालले प्रमाण र तथ्यको आधारमा मागिएको बताउदै डा.भट्टराईले आम नेपालीको एकमतले गुन्जिएको आवाज भारतले सुन्ने विस्वास व्यक्त गरेका छन ।

नेपालले पटक पटक यस समस्याको समाधानका लागि प्रधानमन्त्री ,मन्त्रि र अन्य संरचना मार्फत वार्ताको प्रयास गरेको बताउदै डा.भट्टराईले यो समस्या बढ्नु दुवै देशको हितमा नहुने विचार व्यक्त गरेका छन।

नेपाल सधै सबै देशको स्वाभिमान र आत्मसम्मानको पक्षमा रहेको बताउदै डा.भट्टराईले नेपालको भुमि माथिको सवामित्वका लागि नेपाली जनताले देखाएको एकताको भारतले सम्मान गर्नुपर्ने र यसका लागि सरकारले पहल गरिरहेको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।