नयाँ नक्शाको स्वागत गर्दै सुकेधारा व्यवसायी समितिको दिप प्रज्वलन

नयाँ नक्शाको स्वागत गर्दै सुकेधारा व्यवसायी समितिको दिप प्रज्वलन

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३२।

नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरेको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मतले पारित भएको उपलक्ष्यमा सुकेधारा व्यवसायी समितिले काठमाडौ महानगरपालिका वडा न ४, सुकेधारा चोकमा दिप प्रज्वलन गरेको छ।

कार्यक्रममा उपस्थित सम्पुर्ण प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दै व्यवसायी समितिका सचीव शन्तोष गिरिले नक्सा सङ्गसङ्गै गुमेको भुभाग पनि सरकारले फिर्ता गर्छ भन्ने बिश्वास लिएको बताए ।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता सधैभरी अमर रहोस भन्दै गरिएको सो दीप प्रज्वलन कार्यक्रममा सुकेधारा व्यवसायी समितिका सल्लाहकार एवं नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहाल, एन. प्यासन क्लस्टर स्याटका कोषाध्यक्ष निलम भट्टराई , विभिन्न संघसंस्थाका प्रतिनिधिका साथै स्थानीय बुद्धिजिवि र स्थानीयहरुको सहभागीता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।