नेकपा गोकर्णेश्वर द्वारा २०७७/७८मा नगरको नीति कार्यक्रम तथा बजेट सम्बन्धि साझा धारणा बनाउका लागि छलफल
कपन अनलाइन
काठमाडौं,जेठ ३० । नेपाल कम्युनिष्ट पार्टी गोकर्णेश्वर नगर कमिटि द्वारा आर्थिक वर्ष २०७७/७८मा गोकर्णेश्वर नगरपालिकाले तयार पार्ने नीति कार्यक्रम तथा बजेट सम्बन्धि साझा धारणा बनाउने उदेश्य सहित बिहिबार छलफल कार्यक्रम आयोजना गरिएको थियो ।सुनगाभा ब्यन्केट गोकर्णमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नेकपा गोकर्णेश्वर नगर अध्यक्षउद्दब बिष्टले गरेका थिए भने कार्यक्रममा नेकपा काठमाडौं जिल्ला कार्यालय सदस्य महेश्वर फुयाल, नेकपा जिल्ला सदस्य पुण्य प्रसाद चौलागाई, हरिकृष्ण श्रेष्ठ, तुल्सी पौडेल, पेमा छिरी शेर्पा, जिल्ला समन्वय समिति काठमाडौं सदस्य उद्दब प्रसाद भण्डारी, सान्नानी लामा,नेकपा बाट निर्वाचित जनप्रतिनिधि लगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन नेकपा गोकर्णेश्वर का सचिब मान बहादुर तामाङले गरेका थिए।
कार्यक्रममा स्वागत मनतब्य राख्दै नेकपा गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्टले उपस्थित सबैलाई स्वागत गर्दै स्थानीय निकायको निर्वाचन भएको तीन वर्ष भएको र पार्टी एकीकरणको कारणले तल सम्मको संगठन विस्तार नभएको हुँदा स्थानीय निकायमा आज सम्म पनि पार्टीले तर्फ बाट धारणा राख्न नपाएको र पठाएको प्रतिनिधिहरुले पन्नी जुन किसिम भूमिका खेल्नु पर्ने थियो, त्यो खालको भूमिका महसुस गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै ढिलै भए पनि यो आर्थीक बर्ष गोकर्णेश्वोर नगरपालिकाको योजना छनौटमा र नगरपालिकाको बजेटमा नेकपा को तर्फ बाट पनि भूमिका महत्वपूर्ण ढंगले हुनु पर्छ भन्ने धारणाका साथ गोकर्णेश्वर नगर कमिटि भित्र रहेका ९ वटै वडाका कमिटि नभएको अवस्थामा हिजो निर्वाचनमा उठाएका दुइ पक्षका वडा अध्यक्ष र केहि हिजो पार्टीमा मुख्य भूमिकामा वडामा काम गरिरहेका हरुलाई समय लिएर नगरको बिषयमा र पार्टीको धारणा विकासको बिषयमा कसरि जाने भन्ने बिषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
उनले समग्र गोकर्णेश्वर नगरपालिका भित्र रहेका वडा हरुलाई भोलिका दिनमा नेकपा को धारणा चाहना कसरि लिएर जाने र नगरपालिका भित्र वडा वडाको योजना के के हुन् नगरपालिका भित्रका नगरस्तरीय योजना केके हुन् प्रदेश बाट सिफारिस गर्नुपर्ने योजना केके हुन् र केन्द्र सरकार संग माग्न पर्ने योजना केके हुन् भन्दै गोकर्णेश्वर नगरलाई बनाउन खोजेको, नेकपाले देखेको सपना पुरा गर्न कुन कुन खालको योजना बनायो भने नमुना नगर बनाउन सकिन्छ भन्ने हेतुले सबैको साझा धारणा बनाउन कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।उनले योजनाको मागको लागि नेकपाको तर्फ बाट पार्टी कमिटिको तर्फ बाट कसरि जान सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए।
उनले सरकार नेकपाको भए पनि गाउ गाउँमा वडा वडामा नेकपा देखिएन भन्ने जन गुनासोलाइ सम्बोधन गर्ने गरि गुनासो नआओस भन्नको लागि पनि ५ सदस्यीय समिति बनाई छलफल सरसल्लाह गरि बिकासका योजनाहरुर सुझाब संकलनको लागि कार्यक्रम आयोजना गरिएको बताए ।उनले स्थानीय सरकार बनेको तीन वर्ष भएको र गोकर्णेश्वर नगरको जोरपाटी सुन्दरीजल सडक खण्ड आज सम्म पनि राज्य को नेतृत्व गरिरहेको नेकपा अर्कर्ले पनि महसुस गर्ने गरि बजेट हाले पनि कार्यन्वयनगर्ने ठेकदारले काम नगरेको हुनाले त्यो सम्पूर्ण जनताको गुनासो खेप्न परिरहेको बताए। सो मा पनि एक जुट भएर भोलिका दिनमा काम गर्ने बातावरण बनाउनु पर्नेमा जोड दिएका थिए। कार्यक्रम बोल्ने बक्तहरुले योजनाको बारेमा आ आफ्नो धारणा राखेका थिए भने योजना समेत संकलन गरेका थिए ।