गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले आर्थिक वर्ष २०७७/७८को लागि योजना संकलन कार्य शुरु गर्यो

गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले आर्थिक वर्ष २०७७/७८को लागि योजना संकलन कार्य शुरु गर्यो

कपन अनलाइन

काठमाडौं ,जेठ ३० । गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले आर्थिक वर्ष २०७७/७८को लागि योजना संकलन बिहिबार बाट शुरु गरेको छ ।बिहिबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नं ९ डोजो हलमा योजना संकलनको लागि छलफल समेत भएको थियो।

सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९का वडा अध्यक्ष राजिब थापा वडा सदस्य सत्यभामा श्रेष्ठ वडा सदस्य पुरुषोत्तम थापा वडा सदस्य हरिकृष्ण कारंजित सहित     स्थानीय वडा बासी ,उपभोक्ता समिति,टोल सुधार समिति, सामाजिक संघ सस्था लक्षित वर्ग लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन वडाकि सचिब संगीता बरालले गरेकी थिइन।

कार्यक्रममा वडा अध्यक्ष राजिब थापाले आर्थिक वर्ष २०७७/७८को योजना बस्ति बस्ति बाट संकलन गर्ने योजना अनुसार उक्त कार्यक्रमको शुरुवात गरिएको बताएका थिए। कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न परिस्थिति को बाबजुत पनि सामाजिक दुरी कायम गर्दै योजना संकलनको काम थालिएको बताए ।बिषेश गरि कृषि, सडक, स्वास्थ्य, पूर्वाधार, शिक्षा,सामाजिक सुरक्षा लगायतका बिषयमा योजना सिफारिस भएका छन् । संकलित सुझाव उपर फेरि छलफल गरि योजनाहरुको प्राथमिकिकरण गरिने वडाध्यक्ष थापाले जानकारी गराए । वडाले सबैका योजनाहरुलाई एकत्रित गर्ने र योजनाहरुको प्राथमिकिकरण गर्ने जनाईएको छ ।

वडाध्यक्ष थापाले चालु बर्ष र आगामी बर्ष वडाबाट सञ्चालन भएका र गर्ने योजनाको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।  कोरोना भाइरसको कारण उपस्थित हुन नसकेकाहरुलाई वयोजना सम्बन्धी सल्लाह तथा राय सुझाबहरु वडाको फेसबुक पेज इमेल र फोन मार्फत पनि पठाउन सकिने अध्यक्ष थापाले बताए ।उनले वडाकोफेसबुक: Gokarneshwor Municipality, ward 9,Email,Address : [email protected]मा पठाउन सकिने पनि बताए ।

अध्यक्ष थापाले  राजनीति पूर्वाग्रह नराखी वडाले काम गर्दै आएको र आगामी दिनमा पनि यसरी नै अगाडी बढ्ने जानकारी गराए ।  वडालाई कस्तो बनाउने भन्ने जिम्मा जनप्रतिनिधी सहित वडाबासीहरुको हातमा रहेकाले सबै जिम्मेवार भएर लागेमा जस्तोसुकै योजना पनि पुरा गर्न सकिने  उनले बताए ।हिजो नै गोकर्णेश्वर नगरपालिका वडा नं ९ को कार्यालयमा बिहान ११ बजे र अपरान्ह ३ बजे हातेमालो क्षेत्र (पदम केसीको घर अगाडी)योजना संकलन तथा छलफल भएको थियो भनेआज जेठ ३० गते बिहान ८ बजे गणेश मन्दिर परिसरमा र अपरान्ह ३ बजे गैरीगाउँ चोक (सार्वजनिक पार्क)मा छलफल हुने भएको छ ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।