नार्गाजुन नगरपालिका  वडा न.४ को योजना निरीक्षणमा सांसद जीवनराम श्रेष्ठ

नार्गाजुन नगरपालिका  वडा न.४ को योजना निरीक्षणमा सांसद जीवनराम श्रेष्ठ

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २९।

काठमाण्डौ क्षेत्र न. ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत  नार्गाजुन नगरपालिका  वडा न.४  शरणपुरको ढल निर्माण र सडक ढलान गर्ने कार्यको निरिक्षण भयो ।

प्रतिनिधि सभा सदस्य  श्रेष्ठ, नार्गाजुन नगरपालिकाका वडा न ४ का अध्यक्ष करुण कुमार बलामी, वडा सदस्यहरु विश्वेश्वर ढुङ्गाना, सुशीला नेपाल, बाटो निर्माण उपभोक्क्ता समितीका अध्यक्ष गणेश जङ्गबहादुर सिंह,उपभोक्क्ता समितीका कोषाध्यक्ष ईश्वर राज बलामी तथा पदाधिकारीहरु, ईन्जिनियर कंञ्चन बलामी सहितको समुहले सो योजनाको निरीक्षण गर्दै प्रगतिको अवस्थाका वारेमा जानकारी लिएका थिए।

सो अवसरमा  सांसद  श्रेष्ठले स्थानीय जनताको चाहनाअनुसार विकास तथा पूर्वाधार निर्माण कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उक्त सडक ढलान भएपछि दैनिक आवतजावत गर्ने यात्रुलाई सुविधा हुने विश्वास व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।