सज्जन महिला साकोसको संयोजनमा पचास परिवारलाई नवौ चरणको राहत

सज्जन महिला साकोसको संयोजनमा पचास परिवारलाई नवौ चरणको राहत

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २६।

सज्जन महिला साकस को संयोजनमा  आज नवौ चरणको खाद्यान्न वितरण गरिएको छ ।लकडाउनको ७६ औं दिन हुँदै गर्दा समस्यामा परेका आफ्ना सदस्यहरुलाई दाताहरूबाट प्राप्त खाद्यान्न संकलन गरि ५० परिवारलाइ वितरण गरिएको हो

उक्त राहत वितरण काठमाडौं महानगरपालिका वडा नं ६ का वडा सदस्य जयराम पुडासैनी, सज्जन महिला साकोसकी अध्यक्ष सीमा पुरी, उपाध्यक्ष गीता श्रेष्ठ ,सचिव कमला ढुंगाना, कोसाध्यक्ष मन्जुरा बजगाईं, सदस्यहरु श्यामा गुरुङ, अनुपमा सुबेदी, कमला खनाल, लेखा समिति संयोजक शोभा खरेल , समाजसेवी  माधबलाल श्रेष्ठ , ब्यबस्थापक नगीना सिह भन्डारी लगायतको उपस्थितिमा सो राहत बितरण गरिएको थियो।

नवौ चरण अन्तर्गत दाताको रुपमा पुर्व संसद स्व. चक्र बहादुर ठकुरीका सुपुत्र नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता बिमल ठकुरी द्वारा १० बोरा चामल, गोकर्णेश्वर नगरपालिकाका  प्रमुख सल्लाहकार दिपक रिसालले  १० हजार नेपाल आदिवासी जनजाति संघका अध्यक्ष नबिन बज्र लामाले  ७ हजार , समाजसेवी, सहकारीकर्मी तथा साहित्यकर्मी माधवलाल श्रेष्ठले  ५ बोरा चामल, समाजसेवी  दिनेश खनालले  ५ हजार , संस्थाका सल्लाहकार अम्बिका राणाले  रु ५हजार , सिक्षा समितिका सदस्य इन्दिरा पौडेलले  ३ हजार  र संस्थाका सदस्य रेणु बरुवाल द्वारा २ हजार सहयोग गरेका थिए।

तपाइँको प्रतिक्रिया ।