गोकर्णेश्वर ५ र ६ मा खानेपानी समस्या समाधानका लागि डिप बोरिंग गरिने

गोकर्णेश्वर  ५ र ६ मा खानेपानी समस्या समाधानका लागि डिप बोरिंग गरिने

कपन अनलाइन

काठमाडौं जेठ २६। गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ६  मा खानेपानी समस्या समाधानका लागि  डिप बोरिंग गरिने भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ६ को जम्बुडाँडा र गगननगर मा हुन लागेको उक्त डिप बोरिंग स्थानको बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा , गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे , वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल सहितको टोलि द्वारा  आज बिहान उक्त क्षेत्रको निरीक्षण गरेका हुन् ।

बढ्दो जनघनत्वले पानीको माग बढ्दै जाँदा खानेपानी समस्या  समाधानका लागि उक्त स्थानमा  डिप बोरिंग गर्न लागिएको हो ।उक्त योजना कार्यान्वयन भए पश्चात उक्त क्षेत्रका करिब २ हजार घर धुरी शुद्द पिउने पानी बाट लाभान्वित हुने  बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले बताए ।उनले सबै जनाको पहलमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) द्वारा उक्त स्थानमा डिप बोरिंग गर्न लागिएको बताए।  उनले सो कामको लागि टेन्डर समेत भइसकेको हुँदा अब कामले गति लिने बिस्वास ब्यक्त गरे  ।

निरीक्षण गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले लकडाउनको अवधिमा पनि गोकर्णेश्वर नगरपालिका भित्र  पूर्वाधार विकासका काम  योजनाबद्ध ढंगबाट अगाडी बढेको भन्दै नगरपालिका खानेपानी तथा सरसफाई प्रति संबेदनशील रहेको बताए।उनले कोरोना रोकथाम संगै विकास निर्माणका कामलाई पनि अघि बढाएको बताए ।

तपाइँको प्रतिक्रिया ।