कागेश्वरी मनोहरा नगरपालिकामा आकस्मिक रक्तदान सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकामा आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, जेठ २६। कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्न कागेश्वरी मनोहरा नगरपालिकामा शनिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुनसक्ने  सम्भावनालाई ध्यानमा राखेर आकस्मिक रक्तदान कार्यक्रम गरिएको आयोजकले बताएका छन । उक्त कार्यक्रममा ८१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा उप प्रमुख बिन्दु पुडासैनी सिंखडा नेपाल रेडक्रस सोसाइटीका मन्त्री श्याम डोटेल, वडा अध्यक्षहरु श्रीकृष्ण चापागाई र जीवन थापा लगायत आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो

कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्णहरि थापाले आयोजकलाइ “मुलुक रोगको सङ्क्रमणले त्रासको अवस्थामा छ, यस्तो बेला सेवा नै ठूलो धर्म हो भन्ने कुरा मनन गरी रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद दिएका थिए ।उनले “रक्तदान नै जीवन दान हो भन्ने कुरालाई मनन गरी सानो सहयोगले कसैको प्राण बच्छ भने सहयोग गर्नु सबैको दायित्व भएको पनि बताए  ।

”कार्यक्रममा बोल्दै नगर उप प्रमुख बिन्दु पुडासैनी सिंखडा आयोजक प्रति खुसि ब्यक्त गर्दै बन्दाबन्दीका कारण जुनसुकै रक्तसञ्चार केन्द्रमा रगत अभाव भइरहेका बेला कसैलाई पर्नसक्ने सङ्कटलाई टार्नु नेपाली नागरिकको कर्तव्य भएको बताइन।  उनले कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र राहत बितरणमा सक्रिय भएर कार्य गरिरहेको बताउदै  विकास निर्माणको कामलाइ पनि अघि बढाएको बताइन ।कार्यक्रममा प्रमुख अतिथि लगायतले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रसंशापत्र प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।