गोकर्णेश्वर नगरपालिका ४ का स्वयं सेवकहरुलाई पोशाक (बिप) प्रदान
कपन अनलाइन
काठमाडौं जेठ २५। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा स्वयम् सेवकहरुलाई पोशाक बिप वितरण गरिएको छ ।शनिबार वडा सदस्य जयराम महतले करिब ३० जना स्वयं सेवकहरुलाई पोशाक (बिप) वितरण गरेका हुन् ।बिप वितरण गर्दै वडा सदस्य जयराम महतले कोरोना भाइरस रोकथाम तथा सचेतना अभिबृद्दीको लागि स्वयं सेवकको ठुलो भूमिका हुने उल्लेख गरे।
उनले स्वयम सेवकको दस्ता रात दिन नभनी परिचालन हुनुपर्ने अवस्था पनि हुन सक्छ भन्दै उनले स्वयसेवकहरु संग नगरपालिकाको टोलिजनप्रतिनिधि, प्रहरी सधै नै संगै हुने पनि जानकारी गराए। उनले स्वयम सेवकहरुलाई संयमता समेत अपनाउनु पर्ने बताए। उनले कतै कुनै सानो गल्ति भएमा दुर्घटना निम्त्याएमा त्यसले उल्टो असर गर्ने हुँदा संयमित भएर काम गर्न अनुरोध गरेका थिए ।
बिश्व माहामारीको रुपमा फैलियको कोरोना भाइरस को संक्रमण रोकथाम तथा सामजिक कार्यहरुमा सहजिकरण गर्ने उद्देश्यले गठन गरिएको स्वयं सेवकहरुलाई महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक बाशुदेव थापाले स्वयं सेवकहरुको काम कर्तब्यहरुको बारेमा जानकारी गराएका थिए। उनले स्वयं सेवकहरुलाई कानुन हातमा लिने कुनै पनि काम नगर्न पनि अनुरोध गरेका थिए। उनले स्वयं सेवकले पनि स्वयं सेवक शब्दको बद्नाम नहुने गरि कार्य गर्नुपर्नेमा जोड दिएका थिए।