लायन्स क्लब अफ काठमाडौं डाँफेको आकस्मिक रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौँ, जेठ २४। कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्न जोरपाटी नारायणटारमा आकस्मिक रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेको आयोजना तथा विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लि. यज्ञश्री बचत तथा ऋण सहकारी संस्था लि. र ब्लोदान गोकर्णेश्वर नगरपालिका सहआयोजक रहेर जोरपाटी स्थित लामा पेट्रोल पम्प, प्राङ्गणमा सुरक्षित तवरले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल रेडक्रश सोसाईटी केन्द्रिय रक्त सञ्चार सेवा काठमाण्डौ तथा नेपाल रेडक्रश सोसाईटी रक्त सञ्चार सेवा, भक्तपुरको प्रविधिक टोलीको सहयोगमा बिहान १० बजे बाट शुरु भएको कार्यक्रममा ८८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक लायन सन्तोष सिवाकोटीले कपन अनलाइनलाइ बताए । उनका अनुसार ९८ जना रक्तदाता मध्ये ८८ जना रक्तदातामा १३ जना महिला र ७५ जना पुरुष रहेको र १० जना रक्तदाताहरु विविध स्वास्थ्य लगायतको कारणले रक्तदान गर्न नसकेको बताए ।
कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर आकस्मिक रक्तदान कार्यक्रम गरिएको लायन्स क्लब अफ काठमाडौं डाँफेका लायन बच्चुराम शर्मा कुइकेलले बताए।
उनले थप्दै भने बिश्वब्यापी माहामारिको रुपमा फैलिएको यस कोभिड -१९ को विषम परस्थितिलाई ध्यानमा राख्दै रक्तअभावको कारण कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको स्पस्ट पारे। उनले लायन्स क्लब अफ काठमाडौं डाँफेले प्रत्येक तीन /तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको र भबिष्यमा पनि गर्दै जाने बताए ।
“प्रतिकूल मौसमका बावजुद स्थानीय जनसमुदायको इच्छा पूर्ण सहभागिताकाका कारण कार्यक्रम सफल भएको भन्दै लायन्स क्लब अफ काठमाडौं डाँफेका प्रेसिडेन्ट लायन मेघदत्त रिजालले यसरी नै एक्यबद्ध भई रगत व्यवस्थापन सम्बन्धी आगामी दिनहरुमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी जीवनरक्षाको निम्ति निरन्तर लागिरहने बताए। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन ।कार्यक्रममा मिर्मिरे खानेपानि सप्लायर्सले हात धुनको लागि पानीको व्यवस्थापन समेत गरेको थियो ।
उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का पुर्व डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाल ,पूर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, वर्तमान निर्वाचित डिस्ट्रिक गभर्नर लायन लायन टंक बहादुर श्रेष्ठ, लायन सुरेन्द्र प्रकाश बालाय, ब्लड चिफ लायन श्याम यादब,लायन, महेश आचार्य,लायन रमेश लामा, लायन दिपेन्द्र सिंखडा ,लायन गोबिन्द काफ्ले ,लायन उदयराज भण्डारी लगायत आयोजक संस्थाका पदाधिकारीहरु, लायन्स लिडर तथा सदस्यहरु सहित रक्तदाताहरुको उपस्थिति रहेको थियो ।
आयोजकलाइ धन्यवाद दिदै निर्वाचित डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले “मुलुक रोगको सङ्क्रमणले त्रासको अवस्थामा छ, यस्तो बेला सेवा नै ठूलो धर्म हो भन्ने कुरा मनन गरी रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद दिएका थिए । “रक्तदान नै जीवन दान हो भन्ने कुरालाई मनन गरी सानो सहयोगले कसैको प्राण बच्छ भने सहयोग गर्नु सबैको दायित्व भएको पनि बताए ।”
त्यस्तै पुर्व डिस्ट्रिक गभर्नर लायन अन्नत प्रसाद भेटुवालले आयोजक प्रति खुसि ब्यक्त गर्दै बन्दाबन्दीका कारण जुनसुकै रक्तसञ्चार केन्द्रमा रगत अभाव भइरहेका बेला कसैलाई पर्नसक्ने सङ्कटलाई टार्नु नेपाली नागरिकको कर्तव्य भएको बताउदै सो कार्यमा लायन्स क्लबले सहयोगी भूमिका खेल्दै आएको बताए ।
फोटो: सरोज बस्नेत