पश्चिम रुकुमको घटनाको विरोधमा काठमाडौं जोरपाटीमा प्रदर्शन

पश्चिम रुकुमको घटनाको विरोधमा काठमाडौं जोरपाटीमा प्रदर्शन

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २४ ।

कर्णाली प्रदेशको पश्चिम रुकुममा जाजरकोटका २१ वर्षीय नवराज विक र उनका साथीहरू मारिएको घटना लाइ लिएर जेठ २३ गते साझ काठमाण्डौको जोरपाटीमा बिरोध एवम् मृतकहरुको आत्माको चिरशान्तीको कामना गर्दै दिप प्रज्वलन गरिएको छ ।

युवा राजनीतिज्ञ एवम् सामाजिक अभियान्ता संजय परियारको संयोजकत्वमा भएको उक्त कार्यक्रममा बागमती प्रदेसका सांसद छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ती नेपाल, नगरपालिकाका  प्रबक्ता तथा वडा नं  ८ का वडाध्यक्ष मनोज ढुङ्गाना बडा नम्बर ६ का  वडाध्यक्ष रमेश अर्याल ,वडा नं ५ का अध्यक्ष  नारायण सुबेदी, सामाजिक अभियान्ता कमला नेपाली र शम्भु अधिकारीका साथै गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समितिका संयोजक दिपक लामाको उपस्थित्ति रहेको थियो ।

कार्यक्रममा प्रदेस सांसद छिरिंग दोर्जे लामा, नगरपालिका कि उपमेयर शान्ती नेपाल, वडा अध्यक्षहरु नारायण सुबेदी र रमेस अर्यालका साथै कमला नेपाली र संजय परियारले सम्बोधन गर्दै मृतकहरुको आत्माको चिरशान्तीको कामना गरेका थिए । सो क्रममा  बक्ताहरुले घटनाको बिरोध गर्दै सत्यतथ्य छानबिन गरि पिडितलाइ न्याय दिलाउन जोडदार माग गरेका थिए  ।

उक्त  घटनामा मृत्यु हुने मध्ये चार जना दलित र दुई जना गैरदलित युवा रहेका छन् । ज्यान गुमाएका ६ जनाको शव भेरी नदीमा फेला परेको थियो ।

तपाइँको प्रतिक्रिया ।