काठमाडौं धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण

काठमाडौं धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २३।

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

मन्त्रालय स्रोतका अनुसार उक्त निजी अस्पताल ह्याम्स अस्पताल हो । ‘गुल्मीका र पोखराका  ह्याम्समा उपचाररत दुई बिरामीहरूमा संक्रमण देखिएको  मन्त्रालय स्रोतले जानकारी दिएको छ  ।

ती बिरामीहरू ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर दुई सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।

तपाइँको प्रतिक्रिया ।