गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रोपाइँको चटारो

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रोपाइँको चटारो

कपन अनलाइन

काठमाडौं,जेठ २२। असार महिना नजिकिएसँगै  गोकर्णेश्वर रोपाइँ गर्न थालिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनका बीच पनि किसानहरुले रोपाइँ सुरु गरेका हुन् । देशका धेरै क्षेत्रका किसान धान खेतीका लागि ब्याड बनाउने तयारी गरिरहँदा गोकर्णेश्वरका  किसानलाई भने रोपाइँको चटारोले छोइसकेको छ । सहरी क्षेत्रमा जमिन खाली नभए पनि गोकर्णेश्वर नगरपालिकाका  किसानहरू खेतबारीमै व्यस्त हुन थालिसकेका छन्। केही दिनयताको वर्षाले किसानलाई रोपाइँ गर्न सजिलो बनाइदिएको छ।

अबको केही दिनमा नै मनसुन सक्रिय हुने मोसमविद्हरुले भनाइ छ । तर, लकडाउनका कारण कतिपय क्षेत्रमा भने मल र बिऊ नपुगेको गुनासो पनि किसानहरुको रहेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ४मा  धान रोपाइँ चलिरहेको थियो । लकडाउन भएकाले उनीहरु दुरी कायम गरेरै काममा जुटेका थिए।  देशका कतिपय स्थानमा अहिले पनि परम्परागत तरिकाले नै धान रोप्ने चलन छ। कतिपय स्थानमा अहिले पनि आधुनिक उपकरण प्रयोग गरिँदैन। धान रोपाइँमा परम्परागत उपाय सँगसँगै आधुनिक प्रविधि पनि प्रयोग हुन थालेका छन्। हेरौ रोपाइँका दृश्यहरु :

फोटो :श्रीकुमार श्रेष्ठ

 

तपाइँको प्रतिक्रिया ।