लायन कुमारराज सुवेदी द्वारा स्वयम् सेवकहरुलाई पिपीई सहयोग
कपन अनलाइन
काठमाडौँ,जेठ १९। कोरोना भाइरस जोखिम न्यूनीकरण तथा रोकथामको लागि सरकारले लागु गरेको लकडाउनलाइ कार्यन्वयन गराउन तथा लकडाउन बाट समस्यामा परेकाहरुलाई राहत तथा उद्दारको निम्ति खटिएका स्वयं सेवकहरुलाई स्वास्थ्य सुरक्षा सामग्री पीपीपी वितरण गरिएको छ ।बौद्द जोरपाटी लगायत काठमाडौंका विभिन्न स्थानमा सामाजिक कार्यमा खटिनेहरू स्वयमसेवीहरूलाई नेपाल भलिबल संघका उपाध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ ए१ का पूर्व गर्भनर एवम् नेपाली काँग्रेसका नेता कुमारराज सुवेदीले पीपीई सहयोग गरेका हुन् ।
सुवेदीले लकडाउनको अफ्ट्यारो समयमा स्वयंसेवामा सक्रिय बौद्ध तिनचुलेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रनिलध्वज कार्की, का.म.नपा- ६ बौद्धका सचिव तथा भुवालडाँडा युवा क्लबका उपाध्यक्ष अजिप लामा, ह्युल्सा महिला समुहकी अध्यक्ष सानु लामा सहित ५ जनालाई ५ थान सुरक्षा कवच (पीपीई) सहयोग गरेका हुन् ।उनले लकडाउनको कारण अफ्ठ्यारोमा परेकाहरुलाई खाद्यान्न र स्वास्थ्य संस्थाहरुलाई पनि पीपीइ ज्वरो मापन यन्त्र थर्मल गन लगायतको सामग्री सहयोग गर्दै आइरहेका छन भने लायन्स क्लबको फुड बैंक मार्फत जारी रहेको खाद्यान्न वितरणमा पनि सक्रिय रुपमा सहभागिता जनाउदै आएका छन ।