देश प्रति चिन्ता छ! (गजल)
कपन अनलाइन
काठमाडौँ,जेठ १९/ बिनोद चालिसे
मलाई अस्त ब्यस्त परिवेश प्रति चिन्ता छ
मलाई अतिविक्षिप्त देश प्रति चिन्ता छ।।
धेरै बगाए पुर्खाले रगत देशको सिमानामा
मलाई छिमेकिकै ठेस प्रति चिन्ता छ।।
ढुक्क छन सबै यहाँ मान्छेहरु मसान भनि
मलाई रहल पहल अवशेष प्रति चिन्ता छ ।।
हिमाललाई भन्छु अनि पहाडलाइ सम्झाउछु
मलाई असन्तुष्ट मधेश प्रति चिन्ता छ ।।
त्यत्रो संघर्ष गरि ल्याइयो संघियता
मलाई अधिकार बिहिन प्रदेश प्रति चिन्ता छ।।
उठाइएको जोड्ने उठाइयो पहिचानका कुरा
मलाई मेरै भेष प्रति चिन्ता छ ।।
तपाइँको प्रतिक्रिया ।