बुढानिलकण्ठमा स्थगित भएको निशुल्क भोजन कार्यक्रम आज बाट पुन: शुरु हुने

बुढानिलकण्ठमा स्थगित भएको निशुल्क भोजन कार्यक्रम आज बाट पुन: शुरु हुने

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १९।

बुढानिलकण्ठ नगरपालिकामा केहि समय लागि स्थगित भएको निशुल्क भोजन वितरण कार्यक्रम आज देखि पुन सुचारु हुने भएको छ ।बुढानिलकण्ठ युवा क्लवको महानगरीय प्रहरी बुढानिलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्रको व्यवस्थापनमा उक्त भोजन  आरति पार्टी प्यालेस ,बुढानिलकण्ठमा जेष्ठ १९ गते  बेलुका ४ बजे देखि पुन वितरण हुनेछ।

बैशाख ३१ गते बाट शुरु भएर जेष्ठ १३ गते सम्म निरन्तर चलेको सो कार्यक्रम केहि दिन स्थगित भएर पुन सुचारु भएको जानकारी दिदै प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख प्रहरी निरीक्षक लकडाउनका कारण  दैनिक छाक टार्न मुस्किल परेका व्यक्तिहरुलाई सहयोग गरिएको बताए। अफ्ट्यारो समयमा समुदायको साथ र सक्रियतामा  संचालन हुदै आएको सो अभियानमा सहयोग गर्न वा भोजन प्राप्त गर्न चाहेमा तल उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ।

सम्पर्क :

प्र नि भुपेन्द्र गिरी ज्यु ९८५१२८४९७२/९८५१२८१५५२
प्र ना नि धुर्ब कर्की ज्यु ९८५१२९५५००
प्र ज बलराम रेग्मी ज्यु ९८४५६१२९९८
बिकास तामङ ज्यु ९८४१२०५३९७
बिक्रम श्रेष्ठ ज्यु ९८४९०६९९५६
गणेस कुँवर ज्यु ९८४१४५३४१६
नविन श्रेष्ठ ज्यु ९८५१००८६२०
आकास धिताल ज्यु ९८४११७०९६७

तपाइँको प्रतिक्रिया ।