चार दिनमै कोरोना जितेर फर्किए टोखा -३ का २७ वर्षीय पुरुष
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८।
टोखा नगरपालिका वडा नं ३ का २७ वर्षीय पुरुषले चार दिनमै कोरोना पराजित गरेर फर्किएका छन। टोखा नगरपालिकाको वडा नं ६ र वडा नं ३ का २७ वर्षर ४१ वर्षका २ जनामा कोरोना संक्रमण देखिएको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आइसोलेसन वार्डमा उपचार गराएका उनको दोस्रो दिनर तेस्रो दिन गरिएको परिक्षणमा पनि नेगेटिभ आएकोले डिस्चार्ज गरिएको छ गरिएको थियो ।
सकारात्मक सोच र दह्रो आत्मबल सहित चार दिनमै कोरोना पराजित गरेका उनले टोखा नगरवासीहरुको सचेतनाको लागि निम्न सन्देस प्रवाह गरेका छन :
१) उच्च मनोबल बनाऊ (आफुलाई रोग नै नलागेको आभास गर्नु)
२) दिनमा ३ पटक स्नान गरौ
३) दिनमा २ पटक योग तथा ध्यान गरौ (१ पटकमा १ घण्टा भन्दा बढी)
४) अन्य ठोस प्रदार्थ भन्दा झोल खानेकुराको अधिक मात्रामा सेवन गर्ने गरौ
५) लसुन, बेसार पानीको सेवन गरौ
कोरोना संक्रमण देखिए संगै त्रसित बनेका टोखा नगरवासीलाई सचेत बनि “घरमै बसौं, आफू पनि बाचौं, अरुलाई नि बचाऔं र लकडाउन पूर्ण पालना गरौ “ भन्दै उनले यस विचमा सदभाव र चिन्ता प्रकट गर्नेहरुलाई धन्यवाद दिएका छन।