सरकारले जारी गरेको नेपालको नया नक्सा प्रति समुन्नत महिला मन्च नेपालको एक्यबद्धता कार्यक्रम सम्पन्न

सरकारले जारी गरेको नेपालको नया नक्सा प्रति समुन्नत महिला मन्च नेपालको एक्यबद्धता कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं जेठ १७ ।नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा जारी गरिएको प्रति समुन्नत महिला मन्च नेपालले एक्यबद्धता जनाउदै आज हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ८ मा रहेको सम्मुनत महिला मन्च नेपालले आज कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको सिमाना शिवचोकमा एक्यबद्धता कार्यक्रम आयोजना गरिएको हो ।

लकडाउनमा सामाजिक दुरी कायम गरि गरिएको कार्यक्रमको अध्यक्षता सम्मुनत महिला मन्च नेपालकि अध्यक्ष शोमा खत्रीले गरेकी थिइन् ।सम्मुनत महिला मन्च नेपालका पदाधिकारी सहित स्थानीयको उपस्थितिमा सरकारले जारी गरेको नक्सालाइ एक्यबद्धता जनाउदै सरकारको सो कदमको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गरिएको थियो।

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा सार्वजनिक भए पछि आम नेपालीहरु आफूहरु गौरवान्वित भएको बताउदै सम्मुनत महिला मन्च नेपालकी अध्यक्ष शोमा खत्रीले  ‘नेपालको नक्सा सार्वजनिक भए संगै सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण भएको बताइन। ’  उनले अब नेपाल सरकारले भुमि पनि फिर्ता ल्याउनको लागि भारत संग कुटनीतिक तवर बाट समस्या समाधान गर्न सफल होस् भन्ने शुभकामना ब्यक्त गरेकी थिइन्  ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारजारी गरेको नया नक्सा प्रति एक्यबद्धता जनाउदै सो  कदमको समर्थन सहित भुमि फिर्ता ल्याउनको लागि कुटनीतिक वार्ता मार्फत समस्या समाधान होस् भन्ने भनाइ राखेका थिए ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।