औषधी व्यवसायी सुजन पौडेल र भानु पौडेल द्वारा प्रहरीलाइ मास्क सहयोग
कपन अनलाइन
काठमाडौँ, जेठ १६। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।महानगरीय प्रहरी वृत्त बौद्दलाइ काठमाडौं क्षेत्र नं ३ का औषधी व्यवसायी तथा समाजसेवी भानु पौडेल तथा सुजन पौडेल द्वारा एक हजार थान सर्जिकल मास्क र ४० थान एन ९५ मास्क बिहिबार सहयोग गरेका हुन् उक्त सामग्री उनिहारुले महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीलाई बिहिबार हस्तान्तरण गरेका हुन् ।
समाजसेवी सुजन पौडेलका अनुसार अहिलेको अबस्थामा प्रहरीले रातदिन नभनेर डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्नका सानो भए पनि मास्क सहयोग गरेको बताए।लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउँन खटिएको प्रहरीलाई मास्क सहयोग गरेको औषधी व्यवसायी भानु पौडेलले बताए ।उनले रात दिन नभनी ड्युटीमा खटिएका सुरक्षाकर्मिहरुको मनोबल बढाउन सबैले सहयोग गर्नु पर्ने बताउदै आगमी दिनमा पनि सकेको सहयोग जारी रहने बताए। सामग्री ग्रहण गर्दै महानगरीय प्रहरी वृत्त बौद्दका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले सहयोगको लागि धन्यवाद दिएका थिए ।