बुढानिलकण्ठ नगरपालिकाका संक्रमित व्यक्तिको सम्पर्कमा आएका १४१ जनाको PCR परिक्षण

बुढानिलकण्ठ नगरपालिकाका संक्रमित व्यक्तिको सम्पर्कमा आएका १४१ जनाको PCR परिक्षण

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १५।

बूढानीलकण्ठ नगरपालिका वडा नं ३ मा  संक्रमित फेला परेसँगै नगरपालिकाको जनस्वास्थ्य शाखाको  ‘case investigation and contact tracing team’ द्वारा उनको  सम्पर्कमा रहेका व्यक्तिहरुको १४१ जनाको परिक्षण गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाको   जनस्वास्थ्य शाखामा स्वास्थ्यकर्मीहरुद्वारा उनीहरुको  पिसिआर परिक्षण सम्पन्न गरिएको हो ।

सो  परिक्षण गरिएका  व्यक्तिहरुको नतिजा शनिबारसम्ममा आउने र सो नतिजा प्राप्त नभएसम्मका लागि अन्य परिक्षण तथा ट्रेसिङ्क कार्यलाई  अगाडि नबढाइने जानकारी बुढानिलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद  दाहालले दिएका छन।

दाहालले आवस्यक पर्दा घरहरुलाई नै  क्वारेन्टीन निर्माण गरिनुपर्ने आवश्यकता रहेको बताउदै हाल संक्रमणको जोखिम बढ्दै जाँदा परिक्षणको गतिविधि तथा यसको दायरा बढाइनुपर्ने देखिएको बताएका छन।

तपाइँको प्रतिक्रिया ।