गोकर्णेश्वर नगर बासीलाई त्रसित नभई संयमित भइ सुरक्षित रहन नगर प्रमुख सन्तोष चालिसेको अनुरोध

गोकर्णेश्वर नगर बासीलाई त्रसित नभई संयमित भइ सुरक्षित रहन नगर प्रमुख सन्तोष चालिसेको अनुरोध

कपन अनलाइन

काठमाडौं, जेठ ७। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  भैरहवाबाट घर फर्किएका युवकमा कोरोनाको संक्रमण पुष्टि भए संगै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख  सन्तोष चालिसेले  संक्रमण भित्रभित्रै फैलिएको हुनसक्ने भएकाले छिटोभन्दा छिटो कन्ट्याक्ट ट्रेसिङको काम अगाडी बढाएको बताए  ।उनले कपन अनलाइन संग संक्षित कुरा गर्दै  नगरबासीलाइ त्रसित नहुन आग्रह गर्दै संयमित भइ सुरक्षित हुन आग्रह समेत गरेका छन।कोरोनाको संक्रमण बढ्नुअघि नै नगरपालिकाले १३ वटा भेन्टिलेटर, तथा २२ वटा आइसीयु बेड कोरोना संक्रमितका लागि तयारी अवस्थामा राखेको बताउदै नगर प्रमुख चालिसेले ४ वटा भेन्टिलेटर र ८ वटा आइसीयुसहित २० रुमको खाङ्ग्री इन्टरनेसनल अस्पताललाई कोरोनाको डेडिकेटेड अस्पतालका रुपमा  नगरपालिकाले संचालनमा ल्याएको बताए ।

उनले जोरपाटीकै शंकरापुर अस्पताललाई पनि नगर अस्पतालले कोरोना उपचारका लागि प्रयोग गर्ने तयारी गरेको बताउदै  शंकरापुरमा मात्र दुई भेन्टिलेटर र ४ आइसीयु कोरोना संक्रमितका लागि तयारी अवस्थामा राखिएको बताए ।उनले नेपाल मेडिकल कलेजमा १० आयसीयु र ७ भेन्टिलेटर कोरोना संक्रमितका लागि राखिएको चालिसेले जानकारी दिए। सोको लागि नगरपालिकालेमेडिकल कलेजसँग सम्झौता गरिसकेको बताए ।

नेपाल मेडिकल कलेजमा एकजना सुत्केरीको आरडीटी परीक्षणमा पोजेटिभ देखिए पनि पीसीआरबाट परीक्षण गर्दा नेगेटिभ देखिएको पनि बताए।  ‘दुईवटा एम्बुलेन्सलाई अहिले कोरोनाका लागि तयारी अवस्थामा राखेका बताउदै नगर प्रमुख चालिसलेसंक्रमित संख्या बढ्ने जोखिम देखिएपछि नगरपालिकाले २ सय जना स्वयम सेवक तयार गरेको  र स्वयम् सेवक परिचालनको लागि दिपक लामालाई संयोजक तोकिएको पनि बताए । उनीहरुलाई प्रहरीसँगको सहकार्यमा तालिम दिएर संक्रमणविरुद्ध जनचेतनाका लागि परिचालन गरिएको बताए। संक्रमित भेटिए संगै गोकर्णेश्वर नगरपालिका वडा नं -४ को विपद ब्यवस्थापन समितिको बैठकले संक्रमित भेटिएको क्षेत्र ७२ घन्टा सिल गर्ने निर्णय गरेको छ।सो समितिको आज बिहान् बसेको बैठकले संक्रममितको सम्पर्कमा आएका ब्यक्तिहरुको परिक्षण गर्ने तथा सो क्षेत्रमा मेडिकल बाहेक सम्पुर्ण ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ।त्यस्तै सो बैठकले पास बिनाका सवारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने निर्णय गर्दै उच्च सावधानी अपनाउन अनुरोध गरेको छ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।