गोकर्णेश्वर नगरपालिकामा डा.स्वास्ती बज्राचार्य संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापन समिती गठन
कपन अनलाइन
काठमाडौं जेठ ७ । गोकर्णेश्वर नगरपालिका जोरपाटीमा रहेको नेपाल बिज्ञान स्वास्थ्य संस्था (स्तुपा) द्वारा डा.स्वास्ती बज्राचार्यको संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापन समिती गठन गरिएको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरना भाइरस COVID 19 संक्रमण लाई फैलिन नदिन र विभिन्न पुर्व तयारी रहन र त्यसलाइ ,व्यवस्थापन गरि गोकर्णेश्वर नगरवासीहरुलाइ सुरक्षित राख्न गोकर्णेश्वर नगरपालिका स्थित जोरपाटीमा रहेको नेपाल बिज्ञान स्वास्थ्य संस्था (स्तुपा) द्वारा डा.स्वास्ती बज्राचार्यको संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापन समिती गठन गरि उक्त समितिको सल्लाहकार समिति समेत गठन गरिएको छ ।
सल्लाहकार समितिका पदाधिकारीहरु निम्न रहेका छन ।
१) मा. कृष्ण राइ, संघिय सांसद ।
२) मा. छिरिङ दोर्जे लामा, प्रदेश सभासदस्य
३) श्री सन्तोष चालिसे, प्रमुख गोकर्णेश्वोर नगरपालिका
४) श्री शिव कुमार राई
५) श्री गुणराज पोखरेल।
सो गठन कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकामा कोरोनाको संक्रमण बढ्नुअघि नै नगरपालिकाले १३ वटा भेन्टिलेटर, तथा २२ वटा आइसीयु बेड कोरोना संक्रमितका लागि तयारी अवस्थामा राखेको जानकारी गराउदै नगरपालिकाले ४ वटा भेन्टिलेटर र ८ वटा आइसीयु सहित २० रुमको खाङ्ग्री इन्टरनेसनल अस्पताललाई कोरोनाको डेडिकेटेड अस्पतालका रुपमा संचालनमा ल्याएको जानकारी गराए ।
साथै उनले जोरपाटीकै शंखरापुर अस्पताललाई पनि नगर अस्पतालले कोरोना उपचारका लागि प्रयोग गर्ने तयारी गरेको बताए । शंकरापुरमा मात्र दुई भेन्टिलेटर र ४ आइसीयु कोरोना संक्रमितका लागि तयारी अवस्थामा राखिएको बताउदै नेपाल मेडिकल कलेजमा १० आयसीयु र ७ भेन्टिलेटर कोरोना संक्रमितका लागि राखिएको चालिसेले जानकारी गराए ।