लायन कुमारराज सुवेदी द्वारा नियमित खोप संचालनका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान
कपन अनलाइन
काठमाडौं जेठ ४ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारी स्थित जोरपाटी स्वास्थ्य चौकीलाइ स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारी स्थित जोरपाटी स्वास्थ्य चौकी ले प्रदान गर्दै आएको नियमित खोप सेवा कोभिड १९ को कारण बैशाख महिनामा रोकिएको नियमित खोप सेवा भोलि बाट सुरु हुन लागेको हुँदा उक्त नियमित खोप सेवालाइ सुरक्षित तवरले संचालन गर्नको लागि नेपाल भलीबल एसोसिएसनका उपाध्यक्ष एबम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का पुर्व गभर्नर लायन कुमार राज सुवेदीले स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत एक थान ज्वरो मापन यन्त्र थर्मल गन र ५ सेट पीपीइ सहयोग गरेका हुन्।
आज स्वास्थ्य चौकीमा भएको एक कार्यक्रमका बीच उनले सो सामग्री स्वास्थ्य चौकी प्रमुख ललिता लामा र वडा अध्यक्ष राजिब थापालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।उक्त कार्यक्रममा बोल्दै लायन सुवेदीले कोरोना को जोखिम बीच सुरु गर्न लागिएको नियमित खोप सेवा संचालन गर्दा स्वाथ्यकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सो सामग्री प्रदान गरेको बताए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष राजिब थापाले सहयोग को लागि धन्यवाद ज्ञापन गरेका थिए ।