सबै संचारकर्मीको स्वास्थ्य जाँचका लागि नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अपिल
कपन अनलाइन
काठमाडौं ,बैशाख ३०।
कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै जाँदा अग्रभागमा रहेर आम नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी बोकेका सञ्चारकर्मीहरु उच्च जोखिममा रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले जनाएको छ।
मंगलबार आम नगरिकसँगै सञ्चारकर्मीलाई पनि कोरोना संक्रमण भएको खबरले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति चिन्तित र दुःखीत भएको बताउदै उच्च जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यप्रति गम्भीर हुन तीनै तहको सरकारको ध्यानाकर्षणका लागि समितिले आव्हान गरेको छ ।
यस्तो विषम् परिस्थितीमा जोखिमा रहेका सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउदै जोखिमको समयमा सकेसम्म घरबाटै काम गर्न र आफ्नो पेशागत धर्म निर्वाहका क्रममा आफै संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै सञ्चारककर्मीहरु संग अपिल गरेको छ।
कोरोना संक्रमणको उच्च जोखिमका बीच दैनिक नागरिकलाई सुसूचित गराउन सक्रिय सञ्चारकर्मीहरुको तवल कटौती गर्ने, बेतलवी विदा बस्न दबाव दिने तथा कामबाटै निष्काशन गर्ने काम केही सञ्चारगृहरुबाट भइरहेको गुनासोप्रति महासंघ गम्भिर रहेको भन्दै थप सुविधा सहित कार्य क्षेत्रमा सञ्चारकर्मीलाई खटाउन र काम गर्ने उचित वातावरण निर्माण गर्न माग गरेको छ।
बन्दाबन्दीको समयमा केही सञ्चारगृहको प्रेस पास समेत दुरुपयोग भएको भन्ने गुनासो बढेकाले आफ्ना सञ्चारकर्मीको लागि मात्र प्रेस पास उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहहरुलाई आग्रह गर्दै सचेत रहन संचारकर्मीलाई आग्रह गरेको छ।