तारकेश्वर ५ ले राहत होइन पारिश्रमिक लिऔं,वडाको काममा सहभागी बनौं भन्ने अभियान संचालन गर्ने

तारकेश्वर  ५ ले राहत होइन पारिश्रमिक लिऔं,वडाको काममा सहभागी बनौं भन्ने अभियान संचालन गर्ने

कपन अनलाइन

काठमाडौँ,बैशाख २९।  तारकेश्वर नगरपालिका वडा नं ५ ले राहत होइन पारिश्रमिक लिऔं।वडाको काममा सहभागी बनौं भन्ने अभियान संचालन गर्न लागेको छ ।

तारकेश्वर नगरपालिका वडा नं ५ भित्र स्थायी तथा अस्थायी बसोबास भएका अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारीगरि खाने नागरिकहरु जसलाई कोरोना भाइरसको कारणले भएको लकडाउनको  समयमा   आय आर्जन नहुदा हात मुख जोर्ने समस्या सृजना भएको हुँदा उनीहरुलाई भिड भाड गरि राहत बाढ्ने खाना  खुवाउने गर्दा झनै संक्रमणको जोखिम बड्ने सम्भावना भएकोले उनीहरुको स्वाभिमान पनि उठ्ने गरि वडा कार्यलयले समस्या ग्रस्तपरिवारको एक सदस्यलाइ हप्तामा दुइ दिन कामको प्रबन्द गरेको वडा सदस्य अनन्त मणि आचार्यले जानकारी गराए ।

साथै उनले वडा भित्र कुनै पनि निर्माण कार्य गर्दा यसै वडा भित्र बसोबास गर्ने मजदुरहरुलाई मात्र समाबेश गरि कार्य गर्न गराउन पनि वडा कार्यलयले अनुरोध गरेको बताए। उनले कामको  थप जानकारीको लागि

वडा अध्यक्ष बासु प्रसाद गौतम ९८५१०६२३३६

वडा सदस्य अनन्त मणि आचार्य ९८४९१७८०३९

वडा सदस्य जयराम अर्याल ९७४१०३३८०१

वडा सदस्य सावित्री गुइदेल ९८४९४५७२०८

वडा सदस्य रामकुमारी दाहाल  ९८४९५८७०३९ लाइ सम्पर्क गर्न सकिने पनि जानकारी गराए।

 

तपाइँको प्रतिक्रिया ।