भीमफेदी–कुलेखानी सुरुङमार्गलाई बजेट सुनिस्चित,चार वर्ष भित्र सम्पन्न गरिने

भीमफेदी–कुलेखानी सुरुङमार्गलाई बजेट सुनिस्चित,चार वर्ष भित्र सम्पन्न गरिने

कपन अनलाइन 

काठमाडौं ,बैशाख २९ ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजना निर्माण गर्नका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित भएको छ।बाग्मती प्रदेश सरकारको गौरवको आयोजनामध्येको भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण  भए सँगै परियोजनाका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गरेको जानकारी दिएको छ।

बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आइतबारको मन्त्रिस्तरको निर्णयबाट आयोजनाको स्रोत सुनिश्चित गरि मन्त्रालयले निर्णयपछि आइतबार नै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै बहुवर्षीय योजना अन्तर्गत बजेट सुनिश्चित गरेको जानकारी गराएको छ।

सुरुङमार्ग अन्तर्गत दुई लेनको सुरुङ, सुरुङसम्म पुग्ने पहुँच मार्गलगायतका संरचना निर्माण, सुपरीवेक्षण परामर्श सेवा र आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरणसमेत गरी आयोजना सम्पन्न गर्न १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार पाँच सय रुपियाँ लाग्ने अनुमान गरिएको उक्त  सुरुङमार्ग आयोजना आगामी चार आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले बताएका छन।

प्रदेस सरकारको गौरव संग जोडिएको उक्त आयोजनाले नेपालमा सुरुंग मार्ग निर्माणको प्रस्थान विन्दु तय गर्ने भन्दै यसलाई उच्चतम प्राथमिकतामा राखेको बताउदै मन्त्रि फुयालले  बागमती प्रदेस सरकार यसका लागि प्रतिवद्ध रहेको जानकारी दिएका छन।

लकडाउनको अवस्थामा पनि सडक विस्तार र निर्माणलाई प्राथमिकतामा राख्दै काम सुचारु गरेको प्रदेस सरकारले उत्पादनमुखी कामका लागि विस्तृत योजना निर्माण गर्न आग्रह गरिसकेको छ। त्यस संगै यस सुरुंग मार्ग निर्माणले प्रदेसको विकास योजनामा निकै ठुलो महत्व राख्ने भएकोले यसको सुनिस्चितता गरिएको प्रदेस सरकारले जानकारी दिएको छ।

बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिस :

तपाइँको प्रतिक्रिया ।