बञ्चरेडाँडा ल्याण्डफिल साडट निर्माणमा सहरी बिकास मन्त्रालय र काठमाडौं महानगरको पहल
कपन अनलाइन
काठमाडौं ,बैशाख २९।
धादिङ् र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साडट छिटो सञ्चालनमा ल्याउन सहरी बिकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले पहल थालेका छन ।
यस क्रममा सहरी बिकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, काठमाढौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालसहित सहरी बिकास तथा भवन निर्माण बिभागमा महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशकहरु पदम मैनाली, चक्रबर्ती कण्ठ र रामचन्द्र दंगाल, सडक बिभागका डिभिजन इञ्जिनियर कुवेर नेपाली बन्चरेडाँडा पुगेका थिए ।
काठमाडौं महानगरको वातावरण बिभागमा प्रमुख हरिकुमार श्रेष्ठ, फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बराल र इञ्जिनियर सरकारदीप श्रेष्ठसहित अधिकारीहरु सहभागी रहेको अबलोकनका क्रममा अहिले फोहोर व्यवस्थापन हुँदै आएको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटको अवस्था, साइटको पोष्ट क्लोजर योजना, ओखरपौवाबाट बञ्चरे पुग्ने सडक स्तर उन्नतिको अवस्था, बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा भइरहेको पूर्वाधारको कामका बिषयमा जानकारी लिइएको थियो ।
बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी — कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो ।
भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएपछिको तीनमहिनाभित्र ठेक्केदारलाई ६ करोड ८० लाख रुपैयाँ मोबिलाइजेसन रकम भुक्तानी दिइसकिएको छ । बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी/कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो ।
भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएपछि कोशी एण्ड न्पौपानेको स्वामित्व परिवर्तन भयो । यहीकारण क्लालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसन वापत् ठेक्केदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरण बुझाउन सकेन । समस्या यहीँबाट शुरु भएको थियो । २०७६ पुष २२ गते ठेक्केदारले परिवर्तित कार्य तालिका (रिभाइज्ड बर्क शेडुल ) पेश गरे पनि पेश गरेको तालिका अनुसार काम हुन सकेन ।
यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अधिकारीहरुमाथि चिन्ता छ ।
फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित ४७२ रोपनी र बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा छ ।
२०६२ साल जेठ २२ गते अर्थात् सन् २००५ जुन ५ तारिख विश्व वातावरण दिवसका दिनबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाउँ विकास समिति (अहिले ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो ।