“जहाँ कठिनाइ छ त्यहाँ जनप्रतिनिधि”: वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ(गोकर्णेश्वर ४)
कपन अनलाइन
काठमाडौं बैशाख २८। विश्वव्यापीरूपमा कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो छैन । देश एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । देशमा कोभिड–१९ को सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् । अहिले विश्व नै कोरोना प्रकोप संग जुधिरहेको छ अनि यसको अग्रिम मोर्चामा रहेका छन स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी , संचारकर्मी र त्यस मोर्चाको कमान्डर बनेर सक्रिय बनेका छन जनताका प्रतिनिधि।धेरै देशका राष्ट्र प्रमुखहरु नै संक्रमित बने पनि यस प्रकोपलाई परास्त गर्नका लागि डटिरहेका छन।अदृश्य शत्रु संगको लडाईमा जनताको सेवामा नेपालका जनप्रतिनिधिहरु पनि सक्रिय रहेका छन।
न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन् गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ। जहाँ कठिनाइ छ, त्यहाँ जनप्रतिनिधि भन्ने बिचारलाइ आत्मसाथ गर्दै स्थानीयको सहयोगमा कोरोना जोखिम न्यूनीकरणका लागि आफ्ना सहयात्री वडा सदस्य सहित स्थानीय संग अहोरात्र खटिरहेका उनले राहत वितरण ,अभिलेख संकलन,हात धुने स्थान र सामग्री व्यवस्थापन ,सामाजिक दुरी कायम गराउने ,स्वास्थ्य जांच संग संगै नगर तथा वडावासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन । उनले वडाको समन्वयमा कृषकहरुलाई समेत सम्बोधन गर्दै आवश्यक बिउ बिजन वितरणमा सक्रियता देखाउदै आएका छन ।
विपदमा जनताको सेवा गर्ने गहन दायित्व बोकेको उनले संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध गरेका छन ।केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरे देखि आफु र आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधै सगैं वडा बासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारोलाइ समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको बताउने उनले वडा बासीलाई सामजिक दुरी कायम गर्न अनुरोध गरेका छन ।
कोरोना सङ्क्रमणको शुरुमा स्वास्थ्य विज्ञले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्न सुझाए पनि त्यो बेला नागरिकमा चेतना आइनसकेको बताउदै त्यसको लागि ब्यापक जनचेतना जगाउने काममा सबैको सहयोग प्राप्त भएको बताए। काठमाडौँ धेरै मनिस भाडामा बस्ने शहर हो । उनि भन्छन ,धेरै मानिस एउटै कोठामा बस्ने अवस्था छ । एउटा फ्ल्याटमा पनि धेरैको बसोबास छ । घरभित्र मानिसलाई अड्याउन कठिन भएको स्मरण गर्दै केही दिनपछि मानिस उकुसमुकुस हुँदा अडिन नसक्ने अवस्था आएको र मनोवैज्ञानिकरूपमा रोकिरहँदा असहजता देखिएको पनि बताए । त्यसले उनीहरुको मानसाय बुझ्दै घर जान जान चाहानेलाइ घर जाने बातावरण मिलाउनको लागि समन्वयात्मक भूमिका खेलेको पनि बताए ।
बन्दाबन्दी पालना गराउन माइकिंग गर्ने देखि राहत वितरणमा समेत खटिएका उनले लकडाउनका कारण प्रभावित बिपन्न दैनिक ज्यालादारी गर्ने श्रमिकहरुको पहिचान गरि राहत उपलब्ध गराएको बताए । उनले वडा नं ४ मा विदेस बाट आएका ६ जना पुरुष र ६ जना महिला गरि कुल १२ जना जनाको RDT परिक्षण गरिएको जानकारी दिदै अध्यक्ष श्रेष्ठले कसैको पनि पोजेटिभ नदेखिएको बताए । उनले अहिले सम्म वडा बाट करिव १४ सय जना भन्दा बढीलाई राहत वितरण गरिएको जानकारी गराउदै त्यसमा पनि सहयोगी दाता बाट प्राप्त सहयोगको आधारमा राहत कुपन वितरण गरिएको बताए ।
उनले वडा नं ४ को तीन वटा स्थानबाट वडा संग को समन्वयमा लकडाउन बाट प्रभावित हरुलाई बिभिन्न सहयोगी दाताहरुको सहयोगमा निशुल्क भोजन अभियान संचालन गरिएको बताउदै उनले नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल वडामा गराइदै आइरहेको निशुल्क भोजन अभियान स्थगित गरिए को बताए।
उनले कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका खानाको प्याकेट वितरण गर्ने अभियानमा सक्रियपुर्वक सहयोग गर्ने स्वयं सेवक एबम सहयोगी दाताहरुलाई गोकर्णेश्वर नगरपालिका वडा नं ४को तर्फ बाट धन्यबाद ज्ञापन गरेका छन ।
उनले पछि परिस्थिति अनुसार निशुल्क भोजन कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए। उक्त अभियानमा जोडिने सबैको मुक्त कण्ठले प्रसंशा गर्दै उनले विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी वडालाइ निस्वार्थ रुपमा सहयोग गरेका स्वयं सेवकहरु, जन प्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी स्वास्थ्यकर्मी, विपद व्यवस्थापन टोलि, स्थानीय संघ सस्था तथा सहयोगी दाता सहित स्थानीयहरुले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै भबिष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेका छन ।
फोटो :सरोज बस्नेत