जोरपाटी सुन्दरीजल सडक खण्डमा रहेका अस्थाई संरचना हटाउन नगर प्रमुख सन्तोष चालिसेको अपिल
कपन अनलाइन
काठमाडौं,बैशाख २७। गोकर्णेश्वर नगरपालिका द्वारा सार्वजनिक सुचना मार्फत नगरबासीलाइ अपिल गरेको छ । नगर प्रमुख सन्तोष चालिसे द्वारा हस्ताक्षरित उक्त सुचना मार्फत नगरपालिका अन्तर्गत जोरपाटी सुन्दरीजल सडक खण्डमा पर्ने अस्थायी घर टहराहरु पटक पटक सूचना जारी गर्दा पनि हाल सम्म नहटाईएको हुँदा उक्त सडक निर्माण कार्यमा बाधा उत्पन्न भएको बताएका छन।
उनले निकट भबिष्यमा शुरु हुने बर्षातको मौषम सम्म सडक स्तरोन्नति नभए बाटोको अवस्था झन बिकराल हुने भएको कारण यस जोरपाटी-सुन्दरीजल सडक खण्ड क्षेत्र भित्र पर्ने सम्पूर्ण अस्थायी घर टहराहरु तत्काल हटाइ निर्माण कार्यमा सहयोग गरिदिनको लागि सम्पूर्ण नगरबासीलाइ अपिल गरेका छन।
तपाइँको प्रतिक्रिया ।