काठमाडौंको चुनिखेलमा भोज गर्ने होडमा लकडाउनको व्यापक उल्लङ्घन
कपन अनलाइन
काठमाडौं ,बैशाख २६।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा जात्रा मनाउने होड चल्दा लकडाउनको उल्लङ्घन गर्ने होडवाजी चलेको छ। वडा कार्यालयले सबै पक्ष संगको छलफल पश्चात यस वर्ष कुनै पनि जात्रा भोज तथा पुजा नगर्ने निर्णय भए पनि स्थानीयहरुले त्यसको उल्लङ्घन गरेका छन।
बुढानिलकण्ठ नगरपालिका विभिन्न वडामा मनाइने भद्रकाली जात्रा मध्ये नौलिन भद्रकाली जात्रा चुनिखेल क्षेत्रको महत्वपूर्ण जात्रामा यस पटक नियमित पुजा बाहेक कुनै पनि भोज ,बलि र पाहुना निम्ता नगर्न वडाले गरेको अनुरोध बेवास्ता गर्दै अहिले चुनिखेलवासीले आफैलाई जोखिममा पारेका छन।
चुनिखेल क्षेत्रमा रहेका गाम्चा ,टुपेक ,टुसाल क्षेत्रमा अहिले नियमित झैँ भोज भैरहेका छन भने यसले कोरोना प्रकोप संगै अन्य घटना बढ्ने जोखिम पनि बढाएको छ।
लकडाउनमा वडाको अनुरोध अटेर गरेर स्थानीयहरुले जात्रा मनाए पछी वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै हैरानी व्यक्त गरेका छन।जात्राको परम्परा जगेर्ना गर्दै वडावासीलाई गरेको अनुरोध नबुझे पछी उनले दुख व्यक्त गरेका थिए।
त्यस्तै नगरपालिकाका अन्य वडामा नियमित पुजा बाहेक कुनै गतिविधि नभएको अवस्थामा वडा नं १३ मा भोज गर्ने होडवाजी चलेको भन्दै नगर प्रमुख उद्दव खरेलले पनि त्यसो नगर्न चेतावनी दिएका छन।
देशका धेरै ठुला ठुला जात्रा ,पर्व ,दियाली ,गोठ धुप,भोज सबै बन्द गर्ने सरकारको निर्णय र लकडाउनको नियमको पालना गर्नुपर्नेमा स्थानीय हरु भोज गर्न तर्फ लागे संगै आक्रोसित बनेका नगरप्रमुख खरेलले आफ्नो सुरक्षाको ख्याल गर्न अनुरोध गरेका छन।
कोरोना प्रकोप संगै भोज गर्दा लक डाउन उल्लङ्घन संगै अन्य झैँ झगडा ,दुर्घटना वा अन्य घटना हुन् सक्ने जोखिम रहेकोले स्थानीयहरुलाई आपतकालीन अवस्था आउदा समस्या पर्ने तर्फ विचार पुर्याउनु पर्ने देखिन्छ।