कागेश्वरी मनोहरा नगरपालिका द्वारा शंखरापुर नगरपालिकालाइ सहयोग
कपन अनलाइन
काठमाडौं बैशाख २५। कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा अन्तरनगर सहकार्यको पहल कागेश्वरी मनोहरा नगरपालिकाले शंखरापुर नगरपालिकालाइ सहयोग गर्दै शुरुवात गरेको छ ।बुधबार कागेश्वरी मनोहरा नगरपालिकाले शंखरापुर नगरपालिकालाइ २५ सेट PPE सेट र KN 95 Mask थान २५ पिस सहित स्वास्थ्यकर्मीका लागी प्रदान गरेको हो। कागेश्वरी मनोहरा नगरपालिका कि उप प्रमुख बिन्दु पुडासैनी सिंखडाको उपस्थितिमा नगर प्रमुख कृष्णहरि थापाले सो सामग्री हस्तान्तरण गरेका हुन् ।
उक्त सामग्री कोरोना जोखिम न्यूनीकरणको लागि अग्र मोर्चामा खटिएका स्वस्थ्यकर्मीहरु लगायतको लागि सहयोग गरिएको बताए।संकटको बेलामा सबै जना एक जुट भएर अघि बढ्नुपर्ने आवश्यकतालाइ मध्यनजर गर्दै उक्त सामग्री सहयोग गरेको बताए। यस अघि पनि कागेश्वरी मनोहरा नगरपालिका आपतकालीन स्वास्थ्य सेवाको लागि गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, शंखरापुर नगरपालिका र काठमाडौं महानगर का केहि वडाको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको नगर प्रमुख कृष्णहरि थापाले बताए। विषम परिस्थितिमा गरिएको सहयोगको लागि शंखरापुर नगरपालिकाको तर्फ बाट नगर प्रमुख सुवर्ण श्रेष्ठले कागेश्वरी मनोहरा नगरपालिकालाइ धन्यबाद दिएका छन ।