गोकर्णेश्वर ८ मा आकस्मिक रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौं बैशाख २५ । कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्न सहयोग पुगोस भन्ने उदेश्य सहित गोकर्णेश्वर ८ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मासिक सय अभियान नेपाल सहित बिभिन्न संघ सस्थाको सहयोगमा सुरक्षित तवरले आकस्मिक रुपमा बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा मासिक सय अभियान सहित सहभाव सहकारी ,शिवम् साकोस, ञानश्री साकोस, आर्थिक प्रगति साकोस, छहारी युवा क्लब, स्पोर्ट्स स्पेसल क्लब, वृहस्पति मार्गटोल विकास समाज,आरूबारी डाँडागाउँ टोल सुधार समिति, आनन्दपुर महिला समाज, गोकर्णेश्वर सेवा समाज, आरूबारी युवा क्लव लगायत संघसंस्थाहरू तथा स्थानीय समाजसेवीहरूको संयुक्त सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेको मासिक सय अभियानका अभियन्ता संजय पोखरेलले बताए।
उक्त कार्यक्रममा नेपाल भलीबल संघका उपाध्यक्ष एबम लायन्सका पूर्व गभर्नर समेत रहेका लायन कुमार राज सुवेदी सहित बिपी संग्रहालय समितिको तर्फ बाट डाक्टर प्रकाश पोखरेलले पन्जा मास्क र स्यानिटाइजर लगायतको सामग्री सहयोग गरेका थिए। सबै जना एकजुट भयो भने असम्भव भन्ने केही छैन भन्ने शब्दलाई रक्तदान कार्यक्रमले चरितार्थ पारेको आयोजक संस्था एबम मासिक सय अभियानका अभियन्ता संजय पोखरेलले बताए। यस्तो लकडाउनको वेलामा पनि हामीले कार्यक्रममा ५६ पिन्ट रगत संकलन गर्न सफल भएका छौ । यस्का लागि उनले सबैलाई धन्यवाद दिएका छन् ।
उनले कोरोनाको कारण रक्तदाताहरुले स्वास्थ्यको ख्याल गरेर होला रक्तदान नगर्नुभएको,’ दातालाई अपिल ‘अन्य बिरामीको स्वास्थ्य र जीवन र मरणको दोसाँधमा परेका व्यक्तिलाई सहयोग गर्नका लागि भए पनि रक्तदान कार्यक्रममा सरिक हुनलाई गरेको अनुरोध लाइ स्वीकार गर्दै कार्यक्रममा उपस्थित भइ रक्तदान गरेका सबैलाई आयोजकको तर्फ बाट धन्यबाद दिएका छन ।कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि सहित स्थानीय रक्तदाताहरुको उपस्थिति रहेको थियो ।