बुढानिलकण्ठ-३ का विपन्न परिवारलाई एनआरएन अमेरिका महिला संयोजक दिक्षा बस्नेतको सहयोग

बुढानिलकण्ठ-३ का विपन्न परिवारलाई एनआरएन अमेरिका महिला संयोजक दिक्षा बस्नेतको सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख २५।

एनआरएन अमेरिकाकी महिला संयोजक दिक्षा बस्नेतले बुढानिलकण्ठ वडा नं ३ का विपन्न परिवारलाई लागि राहत सहयोग गरेकी छन।गैर आवासीय नेपाली संघ अमेरिकाकी महिला संयोजक (कोअर्डिनेट्रर) दिक्षा बस्नेत विगत समयदेखी नै विभिन्न सामजिक क्रियाकलापमा सक्रिय रहदै आएकी छन ।
एनआरएन .अमेेेेेेेरिकाको तर्फबाट नेपाल सरकारको विपद कोषमा सहयोग रकम लकडाउन लगत्तै हस्तान्तरण गरिसकिएको भए पनि स्थानीय तहमा भएको खाद्यान्न अभावको समस्यालाइ बुझेर आफ्नो व्यक्तिगत तर्फबाट थोरै सहयोग गरेको बस्नेतले जानकारी दिएकी छन।

वडा नं ३ का १५ घर परिवारलाइ करिव २० दिन पुग्ने गरि चामल,दाल,नुन,पिठो,तेल,भुजिया बुढानिलकण्ठ नगरपालिका वडा न.३का अध्यक्ष बालकृष्ण श्रेष्ठलाई उनले प्रदान गरेकी हुन।

यो विषम परिस्थितिमा विपन्न परिवारका लागि राहत प्याकेज प्रदान गरेकोमा अध्यक्ष बालकृष्ण श्रेष्ठले एनआरए अमेरिकाकी महिला संयोजक दीक्षा बस्नेतलाइ  आभार समेत प्रकटगरेका छन।

साहित्य लेखन र समाज सेवामा विशेष रुचि राख्ने  दिक्षा बस्नेतले हाल क्यालिफोर्नियामा रहि त्यहा रहेका नेपालीहरुलाइ पनि लकडाउनमा विभिन्न सहयोग गर्दै आएकी छन।उक्त सहयोग  समाजसेवीसंचारकर्मी  दिपु बस्नेतको समन्वयमा प्राप्त भएको थियो।

तपाइँको प्रतिक्रिया ।