सिद्देश्वर योग साधना केन्द्रको निशुल्क खाजा अभियानमा सांसदहरुको साथ
कपन अनलाइन
काठमाडौं ,बैशाख २४।
बुढानिलकण्ठ नगरपालिकाका विभिन्न क्षेत्रमा योग शिक्षा प्रदान गर्दै आएको सिद्देश्वर योग साधना केन्द्रले कोरोना प्रकोपको विरुद्ध पहिलो मोर्चामा सक्रिय रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई दैनिक निशुल्क खाजा वितरण गर्दै आएको छ।
सिद्देश्वर योग साधना केन्द्रले कपन प्रहरी प्रभाग ,बुढानिलकण्ठ प्रहरी प्रभाग ,नगर प्रहरी ,स्वास्थ्य शाखा नगरपालिका ,कपन तथा चुनिखेल स्वास्थ्य चौकी ,गणेश चोक प्रहरी विट लगायतका स्थानमा करिव २४० जनालाई दैनिक निशुल्क खाजा वितरण गर्दै आएको छ।
महामारी विरुद्ध पहिलो मोर्चामा रहेर सक्रिय स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको सम्मानका लागि केन्द्रले शुरु गरेको अभियानमा प्रतिनिधि सभा सदस्य गगन कुमार थापा,प्रदेस सभा सदस्य कुसुम कुमार कार्की र वडा नं १० का अध्यक्ष नवराज भट्टराई सहित विभिन्न महानुभावहरुले साथ दिएको अध्यक्ष कमला पाण्डेले जानकारी दिएकी छन।
स्वयंसेवकहरुको सहयोगमा उक्त केन्द्रले तयार गरेको खाजा विभिन्न स्थान पुर्याउन सक्रिय रहेका केन्द्रका उपाध्यक्ष श्याम पोखरेलले केन्द्रको अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सहयोगका लागि आग्रह गरेका छन।
केन्द्रले बुढानिलकण्ठ नगरपालिकाका अन्य वडाहरु रहेका स्वास्थ्य चौकी तथा प्रहरी विटहरुमा पनि खाजा व्यवस्थापन गर्ने जानकारी दिएको छ।