उपप्रधानमन्त्री ईश्वर पोखरेल र राष्ट्रसङ्घीय प्रतिनिधिबीच भेटवार्ता

उपप्रधानमन्त्री ईश्वर पोखरेल र राष्ट्रसङ्घीय प्रतिनिधिबीच भेटवार्ता

कपन अनलाइन

काठमाडौं ,बैशाख २३।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालस्थित आज संयुक्त राष्ट्रसङ्घका संयोजक भ्यालेरी जुलियाण्ड र विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोश भ्याण्डेलारले शिष्टाचार भेट गरेका छन।

सो अवसरमा उहाँहरुबीच नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हाल जारी राखेको पहल र स्थितिबारे छलफल भएको रक्षा मन्त्रालयका सहप्रवक्ता मनोज कुमार आचार्यले जानकारी दिएका छन  । राष्ट्रसङ्घीय प्रतिनिधिहरुले सीमित स्रोत साधनका बीच नेपालले कोरोना रोकथाममा चालेका कदमहरु प्रशंसनीय रहेको र अन्य आवश्यक सहयोग परेमा उपलब्ध गराउने विश्वास व्यक्त गरेका थिए  ।

उनिहरुले क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई विशेष ढङ्गले व्यवहार गर्नाका साथै बन्दाबन्दीको अवधिका बारेमा निर्णय गर्दा एकैपटक खुला गर्ने नभई समग्र परिस्थिति विचार गरी क्रमशः गर्नसमेत सुझाव दिनुभएको आचार्यले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।