गोकर्णेश्वर ८ मा आकस्मिक रक्तदान कार्यक्रम हुने

गोकर्णेश्वर ८ मा आकस्मिक रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं बैशाख २३। कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्न  गोकर्णेश्वर ८ मा आकस्मिक रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।  मासिक सय अभियान  नेपाल सहित बिभिन्न संघ सस्थाको सहयोगमा सुरक्षित तवरले आकस्मिक रक्तदान कार्यक्रम गर्न लागिएको मासिक सय अभियानका अभियन्ता संजय पोखरेलले बताए। कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बताए।

उनले मासिक सय अभियान सहित  स​ह​भाव स​ह​कारी  ,शिवम् साकोस, ञानश्री साकोस, आर्थिक  प्रगति साकोस, छहारी युवा क्लब​, स्पोर्ट्स स्पेसल क्लब, वृहस्पति मार्गटोल विकास समाज,आरूबारी डाँडागाउँ टोल सुधार समिति, आनन्दपुर महिला समाज, गोकर्णेश्वर सेवा समाज, आरूबारी युवा क्लव लगायत  संघसंस्थाहरू तथा स्थानीय समाजसेवीहरूको संयुक्त आयोजनामा बैशाख २४  बुधवार  गोकर्णेश्वर ८ जी एम बि पेट्रोल पम्प नजिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराए  ।उनले रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा बुधबार ११ बजे देखि  हुने उक्त रक्तदान कार्यक्रममा रक्तदान  गर्न इच्छुक महानुभाबहरुले नाम टिपाउन पनि अनुरोध गरेका छन ।थप जानकारीको लागि  ९८४१३४६६७७ सम्पर्क गर्न सकिने छ ।

तपाइँको प्रतिक्रिया ।