प्रकोप नियन्त्रण संगै विकासमा केन्द्रित शंखरापुर नगरपालिका ८ का वडा अध्यक्ष हितमान तामाङ

प्रकोप नियन्त्रण संगै विकासमा केन्द्रित शंखरापुर नगरपालिका ८ का वडा अध्यक्ष हितमान तामाङ

 

कपन अनलाइन

काठमाडौँ, बैशाख २१। अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।यसै क्रममा आफ्ना वडालाइ कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएका   शंखरापुर नगरपालिकाका नगर प्रवक्ता एबम  वडा नं ८ का वडा अध्यक्ष  हितमान तामाङ बिहान देखि बेलुका अवेर सम्म  लकडाउनका कारण  वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएका छन ।

न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका वडा अध्यक्ष तामाङ  राहत वितरण अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै वडा बासिलाइ  आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन।त्यस संग संगै वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै उनि दिन रात नभनी खटिरहेको छन । विदेश बाट भर्खरै फर्किएका हरुको अभिलेख तयार गर्ने देखि  लिएर उनीहरुको कोरोना परिक्षणको लागि सम्म समन्वयकारी भूमिका खेलेका तामाङले वडा बाट करिब ९० जना बिपन्न दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई राहत प्रदान गरिएको पनि बताए ।

कोरोना संक्रमण न्यूनीकरणको लागि किटनाशक औषधी छर्कने कार्यमा होस् या सामाजिक दुरी कायम गर्दै निश्चित समयमा  पसल खुलाउन र हात धुने व्यवस्थापनको लागि आफै अग्रसर भएका उनले आफ्नो गाउ फर्कन टाढा टाढा हिडेकाहरुलाई गाउ सम्म पुर्याउन समन्वयकारी भूमिका खेल्दै आएका छन ।विपदमा जनताको सेवा गर्ने  गहन दायित्व  बोकेको उनले संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध  गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध गरेका छन ।केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरे देखि  आफु र आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधै सगैं वडा बासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारोलाइ समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको बताउने  उनले वडा बासीलाई घरमै बस्न अनुरोध समेत गरेका छन ।

बर्षातको कारण साँखु बज्रयोगिनी सडकको नाली जाम भल बाटोमा निस्केर बाटो विग्रन थाले पछि लक डाउनको सदुपयोग गर्दै नाली सफा गर्ने काममा समेत जुट्दै आएका उनि अहिले कृषकहरुलाइ बिउ बिजन बितरण गर्न लागि परेका छन। केहि समय अघि मात्र  पशुहरुमा खोरेत रोगको सङ्क्रमण देखिए पछि सो  हुँरोगको नियन्त्रण गर्न नगरपालिकाको पशु शाखा संयोजक तथा भेटनरि प्राबिधिक, जनप्रतिनिधि र स्थानीय नेतृत्वको सहयोगमा भ्याक्सिन लगाउने काममा पनि सक्रिय भूमिका खेलेका अध्यक्ष तामाङले वडामा कुनै पनि समस्या भएको खण्डमा जनप्रतिनिधिहरुलाई खबर गर्न पनि अनुरोध गर्दै स्वास्थ्य संग सम्बन्धित कुनै पनि समस्या आइ परेमा अस्पताल सम्म जानको लागि नगरपालिका एम्बुलेन्सको व्यवस्था गरेको जानकारी गराए।

उनले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको लागि सबैको सहयोग आवश्यक रहेको पनि बताउदै आफ्नो वडामा विदेश बाट आएका २ जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको पनि बताए ।कोरोना संक्रमण हुन नदिन नगरपालिकाले उच्च सर्तकता अपनाएको बताउदै  त्यसका लागि नगरले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको पनि बताए। कोरोना भाइरस जस्तो  महामारी र विपदको लागि नगरपालिकाले विपद व्यवस्थापन कोष व्यवस्थापन गरेको जानकारी गराउदै त्यसमा प्रदेश सरकार बाट १२ लाख समेत प्राप्त भएको जानकारी गराए।

उनले राज्य द्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु गरिएको बताए । उनले विषम परिस्थितिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

तपाइँको प्रतिक्रिया ।