नयाँ कोलोनी उपभोक्ता समिति बुढानिलकण्ठ – ९ द्वारा राहत वितरण

नयाँ कोलोनी उपभोक्ता समिति बुढानिलकण्ठ – ९ द्वारा राहत वितरण

कपन अनलाइन

काठमाडौं ,बैशाख २०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको नया कोलोनी उपभोक्ता समितिले उक्त क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। उक्त समितिको सहयोगमा दैनिक गुजारा गर्न मुस्किल परेका ७२ परिवारलाई चामल ,दाल ,नुन ,तेल ,चिउरा लगायतका खाध्य सामाग्री सहयोग गरिएको समितिका अध्यक्ष गोविन्द कटवालले बताए।

उक्त राहत वितरण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ९ की सदस्य गङ्गा माया नेपाली ,नेकपा वडा नं ९ सचिव घमराज सुवेदी  सहित समितिका उपाध्यक्ष : ऊषा मैनाली, सचिव  माधव थपालिया, कोषाध्यक्ष   श्याम कार्की, सदस्य शुभराम महर्जन तथा सल्लाहकारहरु   प्रमोद ढकाल , राम देवकोटा ,जानुक़ा गिरी ,जया भण्डारी लगायतको उपस्थिति रहको थियो।

समितिले आफ्नो सामाजिक दायित्व पुरा गर्दै सहयोग गरेको जानकारी दिदै समितिका अध्यक्ष कटवालले आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर रहने बताएका छन।

तपाइँको प्रतिक्रिया ।