कागेश्वरी नगर अस्पतालको भौतिक निर्माण कार्य शुरु
कपन अनलाइन
काठमाडौं बैशाख २०। पहिलो चरणको लकडाउनको शुरुवात संगै रोकिएको कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी स्थित नगर अस्पतालको भौतिक पूर्वाधार निर्माणको काम शुरु भएको छ ।पूर्व प्रधानमन्त्री, प्रतिनिधि सभाका सांसद एंब नेकपा का बरिष्ठ नेता माधब कुमार नेपालको सांसद पुर्बाधार बिकास कार्यक्रम अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगरअस्पताल लाई १ करोड सिफारीस गरेको रकम मार्फत कामको थालनी शुक्रबार बाट शुरु भएको नगर प्रमुख कृष्णहरि थापाले कपन अनलाइनलाइ बताए ।
उनले सामाजिक दुरी कायम गरि काम सुरु गरिएको पनि बताए ।उनले उक्त नगर अस्पतालको लागि प्रदेश सरकार बाट प्राप्त ५० लाख बाट स्वास्थ्य सामग्री खरिदको काम पनि अगाडी बढाउन लागिएको र सो टेन्डर प्रक्रिया बाट हुने जानकारी गराए । साथै उनले आम नगर बासीलाई हाल सम्म कागेश्वरी मनोहरा नगरपालिकामा कोहि पनि कोरोना संक्रमणका पोजेटिभ नदेखिएको पनि जानकारी गराए।साथै उनले कृषकहरुको लागि बिउ बिजन उपलब्ध गराउनको लागि आवश्यक तयारी शुरु गरिएको पनि जानकारी गराए।
साथै कागेश्वरी मनोहरा नगरपालिका भित्र केहि समय अघि दादुरा रोग देखा परे संगै नगरपालिकाले थप सतर्कता अपनाएको बताए उनले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा दादुरा रुबेला प्रकोप नियन्त्रण रोकथाम र ब्यबस्थापनका बिषय रWHO IPD बाट आएका डाक्टर तथा स्वास्थ्य बाट आएका र fchv हरु सग दादुरा माहामारी फैलियको क्षेत्रमा र आसपासमा रोग फैलिन नदिन रोग देखा परेको उमेर समूह को आधारमा ६महिना देखि माथी १५बर्ष मुनिका बालबालिका हरुलाइ दादुरा रुबेला खोप प्रदान गर्ने बिषयमा छलफल गरिएको पनि जानकारी गराए ।
त्यस्तै उनले कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्ये नजर गर्दै लकडाउनका कारण रोकिएको वालवालिकाहरुलाई दिइने नियमित खोपसमेत संचालन गरिएको जानकारी पनि गराए। उनले नगरपालिका भित्र लक डाउनको कारण कोहि पनि भोकै बस्न नपरोस भनेर राहत वितरण देखि निशुल्क भोजन सम्मका अभियानहरु संचालन भइरहेको जानकारी गराए ।संकटको बेला नगरपालिकाको अभियानलाइ साथ र सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा समेत गरेका छन् ।