मिराज फाउन्डेसन द्वारा कागेश्वरी मनोहरा नगरपालिकालाई पी .पी. इ सहयोग
कपन अनलाइन
काठमाडौं बैशाख१९।मिराज फाउण्डेशनले कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुलाई ९ थान पि पि ई सेट सहयोग गरेको छ ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शंकर थापाले फाउण्डेशनको तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनीलाई पि पि ई सेट हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले पि पि ई सेट हस्तान्तरण गरिएको शंकरथापाले जानकारी गराए ।कागेश्वरी मनोहरा नगरपालिकले पि पि ई सेट उपलब्ध गराएकोमा मिराज फाउण्डेशनलाई धन्यवाद ज्ञापन गरेको छ ।
तपाइँको प्रतिक्रिया ।