बुढानिलकण्ठ -११ मा १७ सय भन्दा बढीलाई राहत वितरण गरेका छौ: राजु अधिकारी (अध्यक्ष )

बुढानिलकण्ठ -११ मा १७ सय भन्दा बढीलाई राहत वितरण गरेका छौ: राजु अधिकारी (अध्यक्ष )

कपन अनलाइन

काठमाडौं ,बैशाख १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले वडाले हाल सम्म दुइ पटक गरेर १७ सय ६ जनालाई राहत वितरण गरिएको जानकारी दिएका छन।

वडा नं ११ ले पहिलो पटक १०८७ जना र दोश्रो पटक ६१९ जनलाई राहत वितरण गरेको बताउदै अध्यक्ष अधिकारीले अन्य क्षेत्रमा पनि धेरै संघ संस्थाहरुले राहत वितरण गरेको जानकारी दिएका छन।

वडा नं ११ मा रहेका कपन ,अमिताभ ,फुलहारी तथा कुन्सांग छोइलिंग आनी गुम्बा लगायतले पनि राहत वितरण गरिरहेको जानकारी दिदै अध्यक्ष अधिकारीले यो राहत वितरणको क्रममा आवस्यकताका आधारमा निरन्तर रहने बताएका छन।

त्यस्तै वडा नं ११ मा विदेस बाट आएका ४१ जनाको RDT परिक्षण गरिएको छ भने करिव १०० जना अन्य वडा वासीको स्वास्थ्य परिक्षण गरिएको छ।

वडा नं ११ मा रहेको स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र दुबैले निरन्तर सेवा प्रधान गरिरहेको जानकारी दिदै अध्यक्ष अधिकारीले वडामा रहेको बैंक खोलि सेवा प्रदान गर्नका लागि पत्राचार गरिसकेको बताएका छन।

वडा नं ११ ले लकडाउन पालना तथा राहत वितरणका लागि करिव १५० जना स्वयंसेवक परिचालन गरेको जानकारी दिदै अध्यक्ष अधिकारीले केहि समय पहिला वडामा रहेका रोहिंग्या बस्तीमा केहि समस्या आए त पनि अहिले वडाको संयोजनमा राहत वितरण तथा अन्य काम भैरहेको बताएका छन।

त्यस्तै वडा नं ११ ले केहि दिनमा नियमित खोप सेवा शुरु गर्ने तयारी गरेको जानकारी दिदै लकडाउनको पूर्णपालना गर्दै सुरक्षित रहनका लागि वडा वासिमा अध्यक्ष अधिकारीले अपिल गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।