जनसेवामा सक्रिय टोखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल

जनसेवामा सक्रिय टोखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोल

कपन अनलाइन

काठमाडौं बैशाख १८।अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।

यसै क्रममा आफ्नो नगरपालिका कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएकी   टोखा नगरपालिकाकी उप प्रमुख ज्ञान माया डंगोल बिहान देखि बेलुका अवेर सम्म लकडाउनका कारण वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएकी छिन। न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न  लागि परेकी उप प्रमुख  डंगोल अहिले अनुगमनमा व्यस्त रहेकी छिन।

उनि अहिले नगरपालिकाको राहत वितरणको अनुगमन को साथै बजार अनुगमनमा समेत आफुलाई व्यस्त राख्दै आएकी छिन।  उनले लक डाउनको मौका छोपी कालोबजारी नहोस भन्नेमा सचेत रहदै अनुगमन तिब्र पारिएको जानकारी गराइन।नगरपालिका भित्र कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि नगरपालिकाले सञ्चालन गरिएका गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह  गरिरहेकी उनले  नगरपालिकामा  कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा संलग्न  रहदै स्वास्थ्यकर्मी संग नियमित सम्पर्क गरिरहेकी छिन.।

कोरोना संक्रमण हुन नदिन नगरपालिकाले उच्च सर्तकता अपनाएको बताउदै  त्यसका लागि नगरले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको पनि बताइन । कोरोना भाइरस जस्तो  महामारी र विपदको लागि नगरपालिकाले विपद व्यवस्थापन कोष व्यवस्थापन गरेको जानकारी गराउदै त्यसमा प्रदेश सरकार बाट १२ लाख समेत प्राप्त भएको जानकारी गराइन् ।

यस बिचमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका १२ जना कामदारलाई टोखा नगरपालिकाले उद्धार गरेको बताउदै  दैनिक ज्यालादारी गर्ने शिलशिलामा दोलखाबाट फर्कीएर गोगंबुमा अलपत्र भई बसेकाहरुलाई उद्दार गरिएको जानकारी गराइन । टोखा नगरपालिकामा कोही पनि भोको बस्नु नपर्ने दैनिक उपभोग्य बस्तु  लगायतका आवश्यक सामाग्रीका लागी टोखा नगरपालिकाका जनप्रतिनिधिहरु तयारी अवस्थामा रहेको पनि उप  प्रमुख डंगोलले बताइन ।

उनले राज्य द्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु गरिएको बताइन  ।

विश्व भरि  फैलिएको  कोरोना भाइरस कोभिड- १९ रोगको महामारीसंग स्वाथ्यकर्मी सुरक्षाकर्मी तथा खटिएका कर्मचारी एबम सामाजिक अगुवाहरु ,सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिएकाहरुको मुक्त कण्ठले प्रसंशा  गर्दै धन्यवाद समेत दिएकी छिन । उनले कृषकहरुलाई ध्यानमा राख्दै आवश्यक बिउ बिजनका व्यवस्थापन गरेको साथै गहु चुट्ने थ्रेसरको लागि प्रदेश सभा सदस्य माननीय दिपक निरौलाको सक्रियतामा ल्याउन सफल भएको पनि बताए।

उनले  टोखा नगरपालिका वडा नं. ७ को तिलिंगाटार क्वारेन्टाइनमा रहेका १६ जना सहित अन्य ३ जना सहित १९ जनामा गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण नतिजा नेगेटिभ आएको  बताइन ।त्यस्तै कोहि नागरिक बाहिरि जिल्लाबाट टोखा नगरपालिका आएको भए उक्त परिक्षणका लागि तुरुन्त नगरपालिकामा सम्पक गर्नका लागि अनुरोध  गरेकी छिन।

नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन किराना, तरकारी तथा खाद्यान्न पसल निश्चित समयमा खोली सामाजिक दुरी कायम गरी व्यवस्थित तरिकाबाट विक्री वितरण गर्ने विषयमा नेपाल प्रहरीको सहयोगमा व्यापक निगरानी भइरहेको बताउदै वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुलाई कोरोना संक्रमण रोकथामको विरुद्धमा आ–आफ्नो वडामा समन्वयात्मक हिसावले युद्ध स्तरमा  खटिरहेको बताइन।उनले विपदको बेलामा सहयोगी भूमिका खेल्ने सबैलाई धन्यबाद समेत दिएकी छिन।डंगोलले नगरबासीहरुलाई केही समस्या परेमा जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न पनि अनुरोध गरेकी छिन्

 

तपाइँको प्रतिक्रिया ।