बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा राहत वितरण

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा राहत वितरण

कपन अनलाइन 

काठमाडौं ,बैशाख १९।

बुढानिलकण्ठ नगरपालिका वडा न. ७ मा बैशाख १८ गते तेस्रो चरणमा  राहत वितरण गरिएको  छ ।

पहिलो पटक चैत्र २७ र २८ गते ४७० घरपरिवार ,दोस्रो पटक बैशाख ९ गते ११३ घर परिवारलाई राहत वितरण गरेको वडा नं ७ ले  तेस्रो पटक चरणमा ४४ घर परिवारलाइ राहत वितरण गरेको  वडा अध्यक्ष बस नारायण महर्जनले जानकारी दिएका छन।पहिलो र दोस्रो पट्क राहत प्राप्त गर्न नसकेका लाइ तेस्रो पट्कमा राहत उपलब्ध गराइएको उनले बताएका छन  ।

राहत वितरण प्रक्रियामा सहयोग गर्नु हुने सहयोग दाता,जनप्रतिनिधि तथा कर्मचारी ,राजनैतिक प्रतिनिधिहरु तथा सम्पूर्ण स्वयंसेवकहरुलाइ  धन्यवाद समेत व्यक्त गर्दै वडा अध्यक्ष  महर्जनले कोहि वडावासीले राहत प्राप्त गर्न नसकेको भएमा वडामा सम्पर्क गर्नका लागि आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।