निशुल्क भोजन अभियानलाइ गोकर्णेश्वर नेकपा वडा -२ कमिटीको आर्थिक सहयोग
कपन अनलाइन
काठमाडौं, बैशाख १९। नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) गोकर्णेश्वर वडा नं २ कमिटीले असंगठीत श्रमिक, ज्यालादारी मज्दुर तथा विपन्न वर्गहरुलाई नि:शुल्क भोजन शिविर संचालन गर्नका आर्थिक सहयोग गरेको छ ।कोरोना प्रकोप संग जुध्नका लागि वडा कार्यालयलको राहत वितरणको अभियानमा सहयोग गर्नका लागि उक्त कमिटीले बिहिबार ६६ हजार रुपैया सहयोग गरेको छ ।
जिल्ला समन्वय समिति काठमाडौंका सदस्य एबम नेकपा नेता उद्दब प्रसाद भण्डारीले गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीलाइ हस्तान्तरण गरेका थिए। कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले विषम परिस्थितिमा कमिटीले गरेको सहयोगका लागि धन्यवाद दिदै प्रकोप नियन्त्रणको अभियानमा गरेको सहयोगका लागि आभार प्रकट गरेका थिए।
कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नं २ को नयापाटी पार्टी प्यालेसमा बिभिन्न संघ सस्था तथा सहयोगीदाताहरुको सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानाको व्यवस्था गर्दै आएको छ ।नेकपा गोकर्णेश्वर वडा नं २ कमिटीले महामारीको समयमा त्यस विरुद्ध लड्नका लागि सक्रिय रहेका सबै प्रति सम्मान प्रकट गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई उनीहरुको सक्रिय भूमिकाका लागि धन्यवाद दिएको थियो।