टोखा नगरपालिका वडा नं ६ प्रकोप बाट सुरक्षित रहेको छ :महेश्वर केसी (अध्यक्ष )

टोखा नगरपालिका वडा नं ६ प्रकोप बाट सुरक्षित रहेको छ :महेश्वर केसी (अध्यक्ष )

कपन अनलाइन

काठमाडौं ,बैशाख १८।

टोखा नगरपालिका वडा नं ६ का अध्यक्ष महेश्वर केसीले वडा कार्यालयले हाल सम्म ७ सय ९७ जना विपन्न तथा मजदुरहरुलाई राहत उपलव्ध गराइएको जानकारी दिएका छन।

त्यस्तै वडाको राहत वितरण अभियानमा दुइ वटा संस्थाहरुको सहयोगमा पनि राहत वितरण गरिएको बताउदै अध्यक्ष केसीले वडामा बहराइन र अस्ट्रेलिया बाट आएका ३ जनाको RDT परिक्षण गरिएको जानकारी दिएका छन।

त्यस्तै लक डाउन पालना तथा राहत वितरणका लागी वडाले विभिन्न राजनीतिक दलको प्रतिनिधित्व हुने गरि करिव ३ दर्जन स्वयंसेवक परिचालन गरिएको जानकारी दिदै अध्यक्ष केसीले वडामा आपतकालीन सेवाको पनि ब्यवस्थापन गरिएको बताएका छन।

त्यस्तै वडा रहेका विपन्न , असहाय तथा दैनिक ज्याला मजदुरी गर्नेको तथ्यांक संकलन देखी वितरणमा निकै सक्रिय भुमिका खेल्ने जनप्रतिनिधिलाई धन्यवाद दिदै अध्यक्ष केसीले वडा नम्बर ६ सुरक्षित रहेको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।