आफ्नो स्वास्थ्यको पर्वाह नगरी जनसेवामा सक्रिय उप प्रमुख शान्ती नेपाल
कपन अनलाइन
काठमाडौं बैशाख १८ ।अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।
यसै क्रममाआफ्नो नगरपालिका कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएकी गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल बिहान देखि बेलुका अवेर सम्म लकडाउनका कारण वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएकी छिन । न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागि परेकी उप प्रमुख नेपाल अहिले अनुगमनमा व्यस्त रहेकी छिन।
उनि अहिले नगरपालिकाको राहत वितरण निशुल्क भोजन अभियानको अनुगमन गर्नुको साथै नगरपालिकामा संचालित योजना अनुगमनमा समेत आफुलाई व्यस्त राख्दै आएकी छिन। उनले लक डाउनको मौका छोपी कालोबजारी नहोस भन्नेमा सचेत रहदै अनुगमन तिब्र पारिएको जानकारी गराइन।नगरपालिका भित्र कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि नगरपालिकाले सञ्चालन गरिएका गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी उनले नगरपालिकामा कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा संलग्न रहदै स्वास्थ्यकर्मी संग नियमित सम्पर्क गरिरहेकी छिन.।
आपतकालीन सेवाको लागि आफ्नो निजि सवारी साधन समेत प्रयोग गर्न दिएकी उनको स्वास्थ्यमा समस्या आएको थियो । केहि समय अघि मात्र मुटुमा समस्याका कारण सल्यक्रिया गरेकी उप प्रमुख नेपाल आफ्नो स्वास्थ्यको पर्वाह समेत नगरी नगरबासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै समन्वयकारी भूमिका खेल्दै आएकीउनले नगरभित्रका महिलाको स्वास्थ्य अवस्था बारे पनि अध्ययन गरिरहेकी छिन् ।
कोरोना संक्रमण हुन नदिन नगरपालिकाले उच्च सर्तकता अपनाएको बताउदै त्यसका लागि नगरले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको पनि बताइन । कोरोना भाइरस जस्ता महामारी र विपदको लागि नगरपालिकाले विपद व्यवस्थापन कोष व्यवस्थापन गरेको पनि जानकारी गराउदै त्यसमा प्रदेश सरकार बाट १२ लाख समेत प्राप्त भएको जानकारी गराइन् ।
नगरपालिकाले कोरोनावाट बच्न पहिलो चरणमा सचेतनासँगै नगर क्षेत्र भित्र किटनाशक औषधी छर्कने, विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्ने देखी सामाजिक दुरी कायम गराउन , लकडाउन सफल पार्न र कोरानावाट बच्ने उपायका वारेमा नगरपालिकाले नगरभित्र माईकीङ र निरन्तर अनुगमन कार्य गरिरहेको बताउदै उप प्रमुख नेपालले लकडाउन लम्बीदा नगरका विपन्न परिवार र ज्याला मजदुरी गर्नेहरु समस्यामा परेको भन्दै नगरपालिकाले त्यस्ता परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण गरेको पनि बताइन ।
उनले त्यस्ता ब्यक्तिहरुको लागि नगरपालिका संगको समन्वयमा बिभिन्न सहयोगी दाता संघ सस्थाको पहलमा निशुल्क भोजन अभियान समेत संचालन गरिएको बताइन । उनले राज्य द्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु गरिएको बताइन ।
नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन किराना, तरकारी तथा खाद्यान्न पसल निश्चित समयमा खोली सामाजिक दुरी कायम गरी व्यवस्थित तरिकाबाट विक्री वितरण गर्ने विषयमा नेपाल प्रहरीको सहयोगमा व्यापक निगरानी भइरहेको बताउदै वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुलाई कोरोना संक्रमण रोकथामको विरुद्धमा आ–आफ्नो वडामा समन्वयात्मक हिसावले युद्ध स्तरमा खटिरहेको बताइन । उनले विपदको बेलामा सहयोगी भूमिका खेल्ने सबैलाई धन्यबाद समेत दिएकी छिन।
उनले लक डाउनका कारण रक्तसंचार केन्द्रमा रगत अभाब हुन नदिनको लागि गोकर्णेश्वर नगरपालिका भित्र लायन्स क्लब सहित बिभिन्न संघ संस्थाले रक्तदान कार्यक्रम समेत आयोजना गरेको बताउदै त्यसमा पनि आफु सरिक भएको बताइन। गोकर्णेश्वोर नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरि होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको र यस्ता व्यक्तिहरुको परिवार तथा आफन्तलाई पनि सचेत हुन आग्रह गरिदै संकास्पद व्यक्तिहरुको कोभिड–१९ बाट संक्रमित भए नभएको यकिन गर्न ल्याव टेस्टको प्रकृया अगाडी बढाइएको जानकारी गराइन। उनले नगरपालिकामा RDT परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराइन।