तरकारी तथा खाध्य सामाग्रीमा कालोबजारी गर्नेलाई कडा कारवाही हुन्छ : बालकृष्ण श्रेष्ठ

तरकारी तथा खाध्य सामाग्रीमा कालोबजारी गर्नेलाई कडा कारवाही हुन्छ : बालकृष्ण श्रेष्ठ

कपन अनलाइन 

काठमाडौं ,बैशाख १८।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले वडा भित्र रहेका विभिन्न पसलहरुले फरक फरक दर भाउमा खाध्य तथा अन्य सामाग्री विक्री वितरण गरेको पाइएकोले त्यस्ता कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने बताएका छन।

बूढानीलकण्ठ नगरपालिका वडा नं.३ भित्र संचालित अत्यावश्यक खाद्यान्न सामाग्री,फलफुल,तरकारी तथा माछा-मासु पसल बाट विक्री भई रहेका एउटै सामानको मूल्य पसलै पिच्छे विक्री मूल्य फरक फरक देखिएकोले कोरोना भाईरस ( COVID 19 ) का कारण सृजित समस्या बाट आक्रान्त भएका सम्पूर्ण उपभोक्ताहरुले अत्यावश्यक सामाग्री खरीद गर्दा एकरुपता कायम गर्न अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले त्यसो नगरेमा आवस्यक कारवाही भोग्नुपर्ने चेतावनी दिएका छन।

बूढानीलकण्ठ नगरपालिका वडा नं.३ द्वारा सम्वन्धित व्यापार व्यवसायीहरुलाई भेला गरि छलफल पश्चात विभिन्न खाद्य तथा अन्य सामाग्रीहरुको दर भाउ निम्नानुसार निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन।

१) बूढानीलकण्ठ नगरपालिका वडा नं.३ भित्र खोलिएका पसलहरुले एउटै खालको सामाग्री पसलै पिच्छे फरक फरक मूल्य लिई बिक्री नगर्ने,तथा मूल्य एकरुपता कायम गर्ने।
२) सम्पूर्ण पसलहरुले उपभोक्ताहरुले सजिलै संग देखिने र स्पष्ट बुझिने गरि मूल्य सूचि टाँग्ने।
३) सडे गलेका,कुहिएका,गन्हाउने,झिंगा-भुसुना भन्किएका सामाग्रीहरु बिक्री नगर्ने।
४) उपभोक्ता हितलाई ध्यानमा राखी स्वास्थ्यलाई हानी पुग्ने अस्वस्थ,अस्वच्छ सामाग्रीहरुको बिक्री नगर्ने।
५) प्याकेट गरिएका खाद्यान्न बस्तु तथा अन्य कुनै पनि सामाग्रीको प्याकेटमा अंकित मूल्य भन्दा थप मूल्य नलिने।
६) खुल्ला सामाग्रीहरु उपभोक्ताहरुले सके सम्म सस्तो मुल्यमा पाउने गरि बिक्री गर्ने।
७) दैनन्दिन उपभोग्य वस्तुहरुको कृतिम अभाव सृजना हुन नदिने।

त्यस्तै उक्त छलफल
सामाग्रीको मूल्य सम्वन्धित सरोकारवाला संघ संस्थाको मूल्य सूचि भन्दा दर रेट बढि भएमा तोकिएको कम मूल्यमा बिक्री गर्नुपर्ने निर्णय गर्दै निम्न दर भाउ कायम गरिएको छ :

दाल चामल 
१) मुसुरोको दाल मोटो..प्रति किलो रु.१२५सम्म।
२) मासको दाल प्रति किलो रु. १५० सम्म।
३) रहरको दाल ( पालिस नगरेको) प्रति किलो रु.१६०सम्म।
४) मुंगी दाल(खोस्टा भएको) प्रति किलो रु.१७०सम्म।
५) मुंगी दाल (छाटा ) प्रति किलो रु.१७५ सम्म।
६) चना..प्रति किलो रु.१२० सम्म।
७)केराउ ( सेतो ) प्रति किलो रु.८० सम्म।
८) केराउ ( हरियो ) प्रति किलो रु.१२५ सम्म।
९) बोडी प्रति किलो रु.१४०
१०) चिउरा( तराई टाईचिन ) प्रति किलो रु.७० सम्म।
११) चिउरा ( लोकल टाईचिन ) प्रति किलो रु.१३०सम्म।
१२) मैदा ..प्रति किलो रु.६० सम्म।
१३) चिनी..प्रति किलो रु.८५ सम्म।
१४) नुन..प्रति पाकेट रु.२० सम्म।
१५) तेल..पाकेटमा तोकिएको मूल्य भन्दा बढी लिन नपाउने।
तरकारी
१) प्याज प्रति किलो रु.४०सम्म।
२) आलु प्रति धार्नी रु.११० सम्म।
३) गोलभेंडा प्रति किलो रु.५० सम्म।
४) काउली प्रति किलो रु.४०  सम्म।
फलफुल 
१) स्याउ( फुजी ठूलो ) प्रति किलो रु.४०० सम्म।
२) स्याउ ( अल्फा )  प्रति किलो रु.३५०
३) अनार..प्रति किलो रु.२६० सम्म।
४) अंगुर..प्रति किलो रु.२००  सम्म।
५) मेवा..प्रति किलो रु.१२० सम्म।
माछा-मासु,अण्डा..
१) कुखुराको मासु ( ब्रोईलर ) प्रति किलो रु.२५० सम्म।
२) कुखुराको मासु ( प्यारेण्ट ) प्रति किलो रु.३७५ सम्म।
३) खसीको मासु प्रति किलो रु.१४००  सम्म।
४) माछा जिउँदो  प्रति किलो रु.५०० सम्म।
५) बंगुरको मासु प्रति किलो रु.५०० सम्म।
६) कालो सुंगुरको मासु प्रति किलो रु.५४०सम्म।
७) अण्डा प्रति क्यारेट रु.२५० सम्म।

त्यस्तै वडा नम ३ ले वडा वासिहरुलाई पनि माथि उल्लेखित रकममा समान खरिद गर्नका लागि अनुरोध गर्दै यदि कसैले बढी मुल्य लिएको खण्डमा वडा कार्यालयमा सम्पर्क गर्नका लागि आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।