कागेश्वरी मनोहरा नगरपालिकाको बिभिन्न स्थानमा लकडाउन प्रभावितलाइ निशुल्क भोजन अभियान जारी
कपन अनलाइन
काठमाडौं,बैशाख१७ ।कागेश्वरी मनोहरा नगरपालिकाका बिभिन्न स्थानमा संचालित निशुल्क भोजन अभियान जारी रहेको छ ।उक्त निशुल्क भोजन अभियानको कागेश्वरी मनोहरा नगरपालिकाकि उप प्रमुख बिन्दु पुडासैनी सिंखडाले अनुगमन गरेकी छिन।
कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा कागेश्वरी मनोहरा नगरपालिका संगको समन्वयमा विभिन्न संघ सस्था तथा सहयोगी दाताहरुको सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानाको व्यवस्था गरिदै आएको छ।
उक्त निशुल्क भोजनको व्यवस्थापन लगायतको अनुगमनमा उनि सक्रिय रहेकी हुन्। उनले आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ र ८ मा अनुगमन गरेकी छिनवडा नं ८ मा लगभग एघार सयर वडा नं ७ मा तीन सयले खाना खाएको बताउदै वडा नं ७ मा उक्त निशुल्क भोजन अभियानलाइ ८७ बर्षका ज्येष्ठ नागरिकले वडा अध्यक्ष जीवन थापालाइ दाल चामल लगायतको खाद्यान्न सहयोगगरेका थिए।