जिन्दावादकाे नारा संगै मसाल पनि देखियाे।(गजल)
कपन अनलाइन
काठमाडौं,बैशाख १७ / बिनोद चालिसे
जिन्दावादकाे नारासंगै मसाल पनि देखियाे।
जति पुग्छ पर ,जुलुस विशाल देखियाे।।
के देखिएन र यहाँ? सबैथोक दखियाे
सहिष्णुता मेटियाे, बन्धुत्वमा रसातल देखियो ।।
विद्यालय हिडेका नानीहरू फर्कन्छन्- फर्कदैनन्
न्याय माैन छ,प्रशासनमा बेहाल देखियाे।
धरधरी रून्छिन् आमा ,वीर सन्तान सम्झिएर
भ्रष्टाचार र तस्करी छ,सरकार दलाल देखियाे।
सुन झुल्ने ,फूलफुल्ने हरिया फँटहरू छन्
हरिया सपनाहरूमा त केवल पराल देखियाे।
तपाइँको प्रतिक्रिया ।